अनेमसंघ(क्रान्तिकारी) कर्णाली प्रदेशकाे बैठक सम्पन्न, महिला हिंसा विरूद्व संघर्ष गर्ने निर्णय

२६ भदौ, सुर्खेत । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कर्णाली प्रदेशको प्रथम बैठक सम्पन्न भएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सभ्यता सीकाे अध्यक्षतामा बसेकाे बैठकले महिला माथि सबै खाले हिंसा विरूद्व संघर्ष गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हाे ।

अनेमसंघ(क्रान्तिकारी)ले महिला माथि हुने सबैखाले हिंसाकाे अन्त्यकाे लागि सराेकारवाला निकायसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

बैठकले कर्णाली प्रदेशका सबै जिल्ला भेला सम्मेलन गर्ने, संगठन विस्तार र पुनर्गठन गर्ने र पार्टीको आत्मनिर्भरताकाे नितिलाई आत्मसात गर्दै उत्पादनमा जाेड निर्णय गरेको संयोजक सभ्यता सीले जानकारी दिइन् ।

बैठकमा बाैल्दै नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज सुशील सीले महिला अधिकारका लागि संघर्ष अनिवार्य भएको बताए । आफ्नो अधिकार प्राप्तिको लागि दलाल संसदीय व्यवस्था विरुद्ध लड्नुको विकल्प नभएको बताए । उनले गणतन्त्र आएपनि महिलाहरुको सम्पूर्ण अधिकार स्थापित नभएको र नेपालमा दलाल संसदीय व्यवस्था अन्त्य नभइ महिला अधिकार प्राप्त नहुने दावी गरे ।

अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु सीले पछिल्लो समयमा महिलामाथि झन ज्यादती बढ्दै गएकाले यसको अन्त्यका लागि महिलाहरू संगठित हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस