सुदर्शनराज पाण्डे न्यायको निम्ति जीवन समर्पण गर्ने निडर व्यक्ति हुनः माईला सी

१ असोज, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माईला सीले वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे न्यायको निम्ति जीवन समर्पण गर्ने र कहिल्यै दुश्मनको सामु नझुक्ने निडर व्यक्ति भएको बताउनु भएको छ । जनपत्रकार संगठन नेपालले मंगलवार कलंकीमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा संक्षिप्त शोकमन्तव्य दिदै पिविएम माईला सीले न्यायका लागि पत्रकार पाण्डे कहिल्यै दुश्मनको सामु नझुक्ने निडर व्यक्ति भएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो ‘पत्रकार पाण्डे पञ्चायात देखि जनयुद्धको बेला थुपै पटक जेल पर्नु भयो, जनयुद्ध चलिरहेकै बेला उहाँ सैनिक हिरासत समेत वस्नु पर्यो, तर न्यायको लागि उहाँ कहिल्यै झुक्नु भएन, उहाँ एउटा क्रान्तिकारी निडर व्यक्ति हो ।’

नेता माईलाले उहाँको व्यक्तित्व वारे चर्चा गर्दै पार्टी जिल्लाको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भयो । नेता माईलाले घरपरिवार र सिंगो पार्टी संगठनमा परेको चोटलाई अब शोकमा मात्र होईन शक्तिमा बदल्न आग्रह गर्नु भयो । उहाँले घर परिवारमा गहिरो समवेदना प्रकट पनि गर्नु भयो । नेता माईलाले पत्रकार पाण्डेको सपना पुरा गर्नेतिर सबै लाग्नु नै उहाँप्रति सम्मान हुने विचार व्यक्त गर्नु भयो ।

यस्तै वरिष्ठ पत्रकार पाण्डेका काँईला भाई श्यामराजा पाण्डेले आफ्नो भनाई राख्दै दाईको समाज परिर्वतनको योगदान धेरै भएको बताउनु भयो । श्यामराजाले भावकु हुदै स्वर्गीय पत्रकार दाईको वारे पार्टी र संगठनले दिएको चासो र चिन्ताप्रति धन्यवाद दिदै आभार व्यक्त गर्नु भयो । कार्यक्रममा सहभागी सबैले निधन हुनु भएका वरिष्ठ पत्रकार पाण्डेको फोटोमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए ।
श्रद्धाञ्जली कार्याक्रममा नेकपाका सीसीएम चिरनजीवी, अखिल नेपाल जनसांस्कृति महासंघका महासचिव कुशल सी, महिला नेतृ विनिता सी,लगायतका नेता कार्यकर्ता र पत्रकारहरुको सहभागीता रहेको थियो ।
जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्याक्रमको सञ्चालन जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस