११ पुस, बाँके । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले बाँकेको कृषि उत्पादनको अवलोकन गर्नु भएको छ ।
बुधवार पार्टीका प्रवक्ता प्रकाण्डले जिल्लाको खजुरामा संचालन गरिएको १२ विगाह जमिनको कृषि उत्पादनको अनुगमन गर्नु भएको हो
नेकपाको केन्द्रीय उत्पादन विभागले खजुरामा करिव १२ विगाह जग्गा लिज्मा लिएर कृषि क्रान्ति गरिरहेको छ । नेकपाका केन्द्रीय सदस्य विराट सीको नेतृत्वमा उत्पादनको काम यसैवर्षबाट सुरु भएको हो ।
उत्पादनको जिम्मेवारी लिनुभएका विराट सीका अनुसार अहिले १२ विगाह जमिन पार्टीले लिज्मा लिएको हो । नेकपाले गत असारको धानवाली करिव ६ विगाह जमिनमा रोपेको थियो भने करिव १०० क्वईन्ट वढी धान उत्पादन गरेको थियो ।
अहिले भने थप ६ विगाह जग्गा नेकपाले वढाएको छ । नेकपाले बाँकेलाई कृषि क्षेत्रकै नमुना उत्पादन बनाउने लक्ष्य राखेको छ । पार्टीका प्रवक्ता प्रकाण्ड सीले बाँकेलाई आधूनिक मोडलमा कृषि उत्पादन गर्ने वचन दिनु भएको छ ।
पार्टीलाई आत्मनिर्भर बनाउन र समाजवादी क्रान्तिको सुरुवात उत्पादनवाट पनि गर्न पार्टी उत्पादनको काममा लागेको नेकपाको दावी छ ।
पार्टीका प्रवक्ता प्रकाण्डले खजुरा पुगेर आलुखेतीको अवलोकन गर्दै उत्पादनमा पार्टीको पुरा साथ रहने प्रतिवद्धता जनाउनु भएको छ ।
उत्पादनको अवलोकनसंगै प्रवक्ता प्रकाण्ड सी २ दिन कोहलपुरमा राजनीतिक भेटभाटमा पनि व्यस्त हुनु भयो । उहाँ आजै सुर्खेत प्रस्थान गर्नु भएको छ ।
सुर्खेतमा राजनीतिक भेटघाटमा २ दिन समय विताउने नेकपाले जनाएको छ । राजनीतिक भेटघाटपछि उहाँ सिधै काठमााडौं फर्किनुहुनेछ ।
