१५ माघ, काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको पहिलो पक्ष इमान्दारिता भएको बताउनु भएको छ ।
समाजवादी मोर्चा नेपालले मंगलवार काठमाडौमा आयोजना गरेको ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपाले समाजवाद ल्याउने शक्तिहरुमा पहिलो पक्ष इमान्दारिता चाहिने बताउनु भएको हो ।
उहाँले समाजवादी व्यवस्था जनताप्रति प्रतिबद्ध, इमान्दारिता र अनुसाशित व्यवस्था भएकाले नेपालमा नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताउनु भयो ।
नेपालमा समाजवादी क्रान्ति आवश्यक भएको जिकिर गर्दै अध्यक्ष नेपालले भन्नु भयो ‘हाम्रो देशको सुहाउदो प्रणाली अवलम्वन गर्नु पर्छ, त्यो प्रणाली भनेको समाजवाद हो । समाजवादको आधार तयार गर्न सकेनौ भने समाजवाद मुखले हुन्छ व्यवहारले हुदैन, समाजवादको पहिलो पक्ष भनेको इमान्दारिता हो ।’
उहाँले केपि ओलीतिर लक्ष्ति गर्दै भ्रष्टाचार गर्ने, राष्ट्र विर्सने र प्रतिगामी कदम चाल्ने कामले समाजवाद कहिल्यै नआउने ठोकुवा गर्नु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले अहिले सरकारको काम निरासाजन भएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘परिणामुखी काम छैन । गफमा निकै अगाडि परिणाममा निकै पछाडि छ । राजनीतिमा आत्तिनु हुदैन, थकाई मान्नु हुदैन, समाजवादको लक्ष्य हाशिल गर्नैपर्छ । नेकपा एसले नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रम अगाडि सारेको छ, हामीले मोर्चाको तर्फवाट समाजवादी शासकिय स्वरुप निर्वाचन प्रणाली ठोस गर्नु पर्छ ।’
अध्यक्ष नेपालले पहिलो चरणको काममा समाजवादी मोर्चाको गति वढेपनि पछिल्लो चरणमा सुस्ताएको भन्दै अब नयाँ ढंगले सक्रियाता पूर्वक मोर्चाको काम अगाडि वढने विश्वास व्यक्त गर्नु भयो ।