युवा संगठन नेपालद्धारा पनि जुम्लामा स्याउ रोपन

११ फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीको साहयक सगठन युवा संगठन नेपालले पनि आईतवार जुम्लाको धौलापानीमा स्याउ रोपेको छ ।
संगठनले पार्टीको रोपनसंगै आफ्नो छुट्टै १ सय जति स्याउका विरुवा रोपेको हो । संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीले स्याउ रोपनको उद्घाटन गर्दै युवाहरुलाई आत्मनिर्भर बनाउन जुम्लामा स्याउ रोप्ने काम गरेको बताउनु भयो ।
उहाँले नेपालका युवाहरु नेपालमा उत्पादनको काममा नजोडिदा नेपाल परनिर्भर भएको भन्दै नेपाललाई आत्मनिर्भर बनाउन युवाहरु अनिर्वाय रुपमा उत्पादन कार्यमा जुट्नु पर्ने बताउनु भयो । उहाँले दलाल पुँजीवादी सत्ताका कारण युवा हराएको देश जस्तै बनेको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो ‘नेपाल वेरोवगार उत्पादन गर्ने थलो भयो, युवाहरु विदेशीन थाले, दलाल पुँजीवादी सत्ताले देशलाई परनिर्भर बनायो, अब आत्मनिर्भर बनाउन उत्पादनमा जु्टनु पर्छ ।’
युवा संगठन नेपालले श्रमलाई सम्मान गरौं,उत्पादनलाई बढाऔं, हिमाल,पहाड,तराई बाँझो जमिन जोतौं भन्ने मुलनाराका साथ स्याउ रोपनको सुरुवात गरेको हो ।
युवा संगठनले देश र जनतालाई आत्मनिर्भर बनाउन सबै युवाहरुले उत्पादनमा लाग्न अपिल गरेको छ । पार्टीले करिब १ हजार स्याउका विरुवा रोपेको छ भने युवा संगठन नेपालले १ सयजति स्याउका विरुवा रोपेको छ ।

प्रतिक्रिया दिनुहोस