विप्लवको स्याउ रोपनमा सुरक्षाकर्मीको पनि सहभागिता

११ फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीले जुम्लाको धौलापानीमा आईतवार रोपेको स्याउ रोपनमा सुरक्षाकर्मीको पनि सक्रिय सहभागिता रहेको छ ।
नेकपाका महासचिव विप्लव सीले उद्घाटन गरेको स्याउ रोपनमा सुरक्षाकर्मीहरुले पनि साथ दिएका हुन ।
सुरक्षाकर्मीहरुले नेकपाले आयोजना गरेको स्याउ रोपन सबैलाई शिक्षा दिन लाएक भएको भन्दै स्याउ रोपनमा आफ्नो पनि सहभागिता रहेको बताएका छन ।
सुरक्षाकर्मीहरुले स्याउका विरुवाहरु हातमा लिएर स्याउ रोपन गर्न बनाईएका खाल्डाहरुमा स्याउका विरुवाहरु रोपेका थिए ।
उनीहरुले नेकपा जस्तै सबै पार्टीका नेताहरुले कृषि उत्पादनमा लागेको भएर देश नयाँ ठाउँमा जाने विश्वास पनि व्यक्त गरेका छन ।


यस्तै नेकपाको स्याउ रोपनमा जुम्लाका पत्रकारहरुको पनि सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष पूर्ण प्रसाद चौलागाई लगायतको पत्रकारहरुको टिमले पनि स्याउ रोपेको छ ।
विप्लवको स्याउ रोेपन देशकै लागि नमुनायोग्य काम भएको भन्दै आफूहरु स्याउ रोप्न आएको पत्रकारहरुले बताएका छन ।
विप्लवको स्याउ रोप्न रोल्पाबाट समेत पत्रकार गोपाल चन्द र पत्रकार केपी गुरुङ पनि जुम्ला पुग्नु भएको थियो । विप्लवको स्याउ रोप्ने अभियानमा स्थानीय जनताको पनि उल्लेखिय सहभागीता रहेको थियो । नेकपाले करिब १ हजार स्याउका विरुवा रोपेको छ ।

प्रतिक्रिया दिनुहोस