पार्टी भन्दा माथि उठेर देश र जनताको हितको लागि बहस गराैंः विप्लव

१३ फाल्गुन, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टी भन्दा माथि उठेर देश र जनताको हितको लागि बहस गर्नुपर्ने बताउनुभएको छ ।

भोलि शुक्रबार रास्कोटमा हुने जनसभालाई सम्वोधन गर्न आज बेलुका रास्कोट पुग्नु भएका महासचिव विप्लवकाे स्वागत पछि सहभागीहरू सँगकाे भेटघाटमा उहाँले पार्टी र आन्दोलन भन्दा माथि उठेर देश र जनताको हितकाे लागि बहस गर्नुपर्ने बताउनुभएको हाे ।

उहाँले झण्डै दुई दर्शकपछि देशको निकासको लागि छलफल हुन सरू भएको बताउनुभयो । तर बहस अग्रगामी निकासको लागि हुनुपर्ने भन्दै आग्रह पुर्वाग्रह र आलोचना भन्दा पनि समाज र देशलाई केन्द्रमा राखेर विगतको आन्दोलनमा त्याग गरेको परिवर्तनकारी शक्तिले यसको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

उहाँले देश अहिले अन्योलता र निरासाकाे भुमरीमा फसेकाे भन्दै यसको निकास दलाल संसदीय व्यवस्थाले दिन नसक्ने बताउनुभयो । उहाँले आफ्नो स्वार्थ भन्दा देशको हितलाई केन्द्रमा राखेर बहसको आवस्यकता भएको पनि बताउनुभयो ।

महासचिव विप्वल सहित नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, लगायतका केन्द्रीय नेताहरुलाई पनि रास्कोटी जनताले भव्य स्वागत गरेका छन ।

महासचिव विप्लव सीलाई नेकपाका नेता कार्यकर्ता, नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टी र हिमचुली सेवा केन्द्रका कर्मचारी, व्यापारी र स्थानीय जनताले संयुक्त रुपमा फुलमाला तथा अविर लगाएर भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस