क्रान्तिकारी आसाको दियो विप्लव हो, एकताबद्ध बनौंः सन्तोष सी

१४ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले नेपालमा क्रान्तिकारी आसाको दियोको रुपमा नेकपाका महासचिव विप्लव भएको बताउनु भएको छ ।
नेकपा कालिकोटले रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई बुधवार सम्वोधन गर्दै स्थायी समिति सदस्य सन्तोष सीले क्रान्तिकारी आसाको दियोको रुपमा विप्लव भएको बताउनु भएको हो ।
उहाँले क्रान्ति निरन्तर जारी रहेको बताउदै महासचिव विप्लवको नेतृत्वमा नेपालमा एकीकृत जनक्रान्ति भईरहेको बताउनु भयो ।
लुम्विनी प्रदेशका इन्चार्ज समेत रहनु भएका नेता सन्तोषले समाजवादी क्रान्तिमा कालिकोटको साथमा रोल्पा रहेको बताउनु भयो । रोल्पा र कालिकोट जनयुद्धको आधारभूमि भएको टिप्पणी गर्दै जनयुद्धको सपना पुरा गर्न सबैको एकता आवश्यक भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस