कम्युनिस्ट आन्दोलनलाई रुपान्तरण सहित एकीकृत बनाउछौंः विप्लव

२ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई रुपान्तरण सहित एकीकृत बनाउने अभियानमा लागेको बताउनु भएको छ ।
शनिबार ललितपुरमा समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई रुपान्तरण सहित एकीकृत बनाउने अभियानमा लागेको बताउनु भएको हो ।
उहाँले नेपालको समग्र कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्दै २००६ सालको जस्तै सशक्त बनाउने प्रयास भइरहेको धारणा राख्नु भयो ।
विप्लवले भन्नु भयो ‘हामी केवल माओवादी धारलाई एक ठाउँमा ल्याउने मात्र होइन, समाजवादी शक्ति र सिंगो कम्युनिस्ट आन्दोलनलाई समेत नयाँ अवधारणासहित एकीकृत गर्ने छलफलमा छौँ । नेपालका कम्युनिस्ट शक्तिहरूलाई रूपान्तरण गर्दै नयाँ दिशातर्फ लैजान आवश्यक छ ।’
महासचिव विप्लवले कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन वैचारिक स्पष्टता, सांगठनिक एकता र नयाँ रणनीति आवश्यक रहेको उल्लेख गर्नु भयो ।
उहाँले सबै वामपन्थी शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने गरी छलफल तीव्र पारिएको जानकारी समेत दिनु भयो ।
नेपालमा पछिल्लो समय वामपन्थी दलहरूबीच एकता र मोर्चाबन्दीका विभिन्न प्रयासहरू भइरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि एकीकरणका लागि पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस