८ चैत्र, सुर्खेत । सबै दलित पत्रकारहरुको छाता संगठन राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको दोस्रो अधिवेशन शुक्रवार सुर्खेतको छिन्चुमा सम्पन्न भएको छ ।
अधिवेशनले भिम परियारको अध्यक्षतामा १७ सदस्सीय राष्ट्रिय दलित पत्रकार संघ नेपालको कर्णाली प्रदेश समिति निर्वाचित गरेको छ ।
जसमा उपाध्यक्षमा यज्ञ तिरुवा दैलेख, उपाध्यक्ष कर्ण विश्वकर्मा कालिकोट, सचिवमा मालती विक सुर्खेत, सहसचिव प्रेम सुनार र कोषाध्यक्षमा तुलवीर गन्र्धव सुर्खेत निर्वाचित हुनु भएको छ ।
यस्तै सदस्यहरुमा भानुभक्त विक कालिकोट, रमेश सुनार कालिकोट, जित बहादुर तिरुवा, खेमराज सुनार,हिमेन्द्र विक, विरेन्द्र नेपाली,पूर्ण सार्की, अंगराज परियार र तेज विक निर्वाचित हुनु भएको छ ।
अधिवेशनले २ जना पछि मनोनित गर्ने निर्णय गरेको छ । अधिवेशनको कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिवविक्रम शाहले उद्घाटन गर्दै दलित पत्रकार हरुलाई सक्षमतासंगै समृद्धितिर लिन जोड दिनु पर्ने बताउनु भयो ।

उहाँले विचारमाथि वहस गर्नु पर्ने बताउदै विविधतामाथि एकता खोजेर सबैलाई संगै लैजानुपर्ने बताउनु भयो ।
कर्णाली प्रदेशमा दलित विधेयक पारित भएको बताउदै मन्त्री शाहले कर्णाली सरकारले दलित पत्रकारहरुको लागि सक्दो सहयोग गर्ने बचन दिनु भयो ।
प्रदेशसभा सदस्य पूर्वमन्त्री तथा दलित अगुवा रणसिंह परियारले अहिले पनि दलितमाथि विभेद जारी रहेको भन्दै लुकेका घटनाहरु वाहिर ल्याउन दलित पत्रकार संघको मुख्य जिम्मेवारी हुने बताउनु भयो ।
अधिवेशनमा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले संघ दलित पत्रकारहरुको साझा भएको बताउनु भयो ।
उहाँले यो संगठन ६३ जिल्लामा क्रियाशिल रहेको भन्दै ५ प्रदेशसम्म अधिवेशनहरु गरिसकेको जानकारी दिनु भयो ।
अध्यक्ष पहाडीले दलित समुदायको एकतासंग दलितमाथि हुने विभेद तथा दलितमाथि गरिने अत्याचारका विरुद्ध कलम चलाउन दलित पत्रकारहरुलाई निर्देशन दिनु भयो ।

अधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि,पत्रकार लगायत विभिन्न क्षेत्रबाट सहभागी प्रतिनिधिहरुले अधिवेशनको भव्य सफलताको शुभकामना दिएका थिए ।
नव निर्वाचित प्रदेश समितिको सम्पूर्ण टिमलाई राष्ट्रिय दलित पत्रकार संघ नेपालका महासचिव लक्ष्मण दर्नालले बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिनु भयो ।
अधिवेशनमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल उपाध्यक्ष टेकेन्द्र विश्वकर्मा, कोषाध्यक्ष भिम विश्वकर्मा, केन्द्रीय सदस्य वसन्त विक,केन्द्रीय सदस्य मालती विक लगायतको आतिथ्यता रहेको थियो ।

