११ चैत्र, कालिकोट । जिल्लाको तिला कर्णाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) का हिक्मत सिंहको नेतृत्वमा साझा उम्मेदवारी दर्ता भएको छ ।
सोमवार नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा निकट अखिल (समाजवादी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु (समाजवादी) र राप्रपा निकट राष्ट्रिय विद्यार्थी संघको सहभागितामा साझा प्यानल दर्ता भएको हो ।
जसमा सचिवमा अनेरास्ववियु (समाजवादी) का उमेश शाही, कोषाध्यक्षमा राष्ट्रिय विद्यार्थी संघका मीना शाही, सदस्यहरुमा राप्रवि संघका गोगन बहादुर शाही र अखिल (समाजवादी) का मनकला गोरालको उम्मेदवारी परेको नेकपा माओवादी केन्द्रका महावै इन्चार्ज दुर्गा काफ्लेले जनाउनु भएको छ ।
उता सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्वबियूको संयुक्त प्यानल दर्ता भएको छ । स्ववियु निर्वाचन यहि चैत्र १८ गते हुने छ ।
