जनपत्रकार संगठनले ‘कृष्णसेन स्मृति दिवस’ मा विशेष अन्तरक्रिया गर्ने

२१ चैत्र, काठमाडौ । जनपत्रकार संगठन नेपालले क्रान्तिकारी जनपक्षिय वरिष्ठ पत्रकार, कवि,तथा साहित्यकार कृष्णसेन इच्छुकको सम्झनामा विशेष अन्तरक्रिया कार्यक्रम गरेर जेठ १३ गते‘स्मृति दिवस’ मनाउने भएको छ ।
जनपत्रकार संगठन नेपालको बुधवार साँझ भर्चुअल बसेको पदाधिकारी बैठकले क्रान्तिकारी जनपक्षिय वरिष्ठ पत्रकार, कवि,तथा साहित्यकार कृष्णसेन इच्छुकको सम्झनामा विशेष अन्तरक्रिया कार्यक्रम गरेर जेठ १३ गते‘स्मृति दिवस’ मनाउने निर्णय गरेको हो ।
उहाँको सम्झनामा जनपत्रकार संगठन नेपालले नेकपाका महासचिव विप्लवको विशेष उपस्थितिमा र राष्ट्रिय मिडियाका पत्रकार तथा सम्पादकहरुको सहभागितामा अन्तरक्रिया गर्नेछ । संगठनले कृष्णसेनको स्मृतिमा त्यहाँसम्म एउटा स्मृति पुस्तक निकाल्ने पनि निर्णय गरेको छ ।
बैठकले निकट भविष्यमा संगठनको पूर्ण केन्द्रीय समितिको बैठक बस्ने तयारी गर्ने निर्णय पनि गरेको छ ।
बैठकले विशेषगरी जेठ १३ गतेको कृृष्णसेन स्मृति दिवसको कार्यक्रमलाई प्रभावकारी बनाउने गरी संगठनले तयारी गर्ने निर्णय गरेको छ ।

प्युठानको सराङकोटबाट अर्घाखाँचीको जलुके गाविस ७, सातमारामा बसाइँ सरेको इच्छुकको परिवार भारत गएको बेला २०१३ कात्तिक २ गते पिता यामबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट इच्छुकको जन्म भएको थियो ।
उहाँ २०३६ सालमा पक्राउ पर्नु भयो । २०३९ सालमा पुनः पक्राउ परेर साढे पाँच वर्ष पञ्यातीय सरकारको जेलमा वस्नु भयो ।
माओवादी जनयुद्धका बेला तत्कालीन नेकपा (माओवादी)को मुखपत्र जनादेशका सम्पादक रहनु भएका इच्छुक बहुप्रतिभाशाली हुनुहुन्थयो ।
जनताका पक्षमा लड्ने मुक्तियोद्धालाई निरङ्कुश शाही शासनले देख्न नसकेर उहाँलाई ०५९ जेठ ६ गतेका दिन गिरफ्तार गरी महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेठ १३ गते हत्या गरेको थियो ।
भर्चुअल बैठकमा संगठनका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्मा, उपाध्यक्ष जानकी चौधरी, सचिव वसन्त विक र कोषाध्यक्ष दिपेश विष्टको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस