३१ चैत्र, कालिकोट । नेकपा (एकीकृत समाजवादी) कालिकोटको १० औं जिल्ला अधिवेशनको बन्द सत्र आज हुदैछ ।
शनिवार उद्घाटन भएको अधिवेशनको बन्दसत्र आज विहान ८ बजेपछि हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
। अधिवेशनमा जिल्लाभरका करिव एक सय जना आयोजक र तीन सय जना प्रतिनिधि गरि कुल चार सय जना प्रतिनिधि पर्यवेक्षकहरुको सहभागीता रहेको छ ।
नेतृत्व चयनमा सक्भर सर्वसहमतको प्रयास गर्ने एकीकृत समाजवादीको तयारी छ । अध्यक्षमा पुरानै अध्यक्ष चित्रसिंह गाउँले नै दोहोरीने सम्भावना रहेको आन्तरिक श्रोतले बताएको छ ।
अधिवेशनले विधान अनुसार १ अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव,३ उपसचिव सहित ६७ जना निर्वाचित गर्ने छ ।
तर अहिले कायम रहेको जिल्ला समिति भने अध्यक्ष चित्रसिंह गाउँले, उपाध्यक्ष दोय कमल बहादुर शाही, चन्द्रबहादुर शाही, सचिव कृष्णकला पाण्डे, उपसचिव अशोक कुमार शाही, मनसिंह धामी र धिरबहादु शाही सहित ८१ जनाको छ । एकीकृत समाजवादीले १० औं जिल्ला अधिवेशनको आयोजनक समिति भने १०० जनाको बनाएको छ ।