स्वदेश र विदेशमा रहेका प्रिय कमरेड,
आदरणीय आमा,वुवा दाजु भाई, दिदि बहिनी तथा छोरा छोरी !
नयाँ बर्ष २०८२ को हार्दिक शुभकामना ! आजको विहानीसंगै २०८२ साल सुरु भएको छ । नयाँ बर्ष सबैको जीवन रचनात्मक,सृजनात्मक,आशा,जोस,जागरपूर्ण रहोस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु !
जाने बर्षले हरेक मान्छेलाई केही न केही नयाँ उपलब्धी खुसी, विश्वास र शिक्षा दिएर जान्छ । केही क्षति,पीडा र आसंका पनि थपिदिन्छ । नयाँ बर्षले नयाँ सोच,विचार,आशा,सक्रियता र आत्मविश्वास जगाईदिन्छ । २०८१ लाई विदाई र २०८२ लाई स्वागत गर्दा हामी सबैले यस्तो अनुभव गरेका छौ । २०८१ मा देशभित्र राजनीतिक क्षेत्रमा स्थिरताका लागि अग्रगामी रुपान्तरण नेपाली विशेषताको समाजवादबारे केही नयाँ छलफल र सहकार्य गर्ने सफलता प्राप्त भयो । आर्थिक रुपले देशभित्र केही गरौं भन्ने भावना जाग्रित भयो । राष्ट्रिय जनसंस्कृतिप्रति जागरुकता पढयो । शिक्षा, स्वास्थ्य, रोजगारीका लागि वहसहरु भए । श्रम,संघर्ष र अनुसन्धान गरियो भने देशलाई बनाउन सकिन्छ भन्ने शिक्षा प्राप्त भयो ।
२०८१ साल भित्र दलाल पुँजीवादी सत्ताले लादेको अस्थिरता, सरकार ढाल्ने बनाउने, भ्रष्टचार, राष्ट्रिय आत्मसमर्पण,विदेशी हस्तक्षेप,प्रतिगमनकारी अराजकता भोग्नु पर्यो । आर्थिक क्षेत्रमा संकट कायमै रहयो । सांस्कृतिक क्षेत्रमा अतिक्रमण र हस्तक्षेप बढयो । जनता बेचैनी र निरासबाट मुक्त हुनु भएन । हामी नयाँ बर्षमा प्रवेश गरेका छौ । यो बर्ष हरेक नागरिकले आफ्नो र देशका लागि केही न केही नयाँ कार्यको थालनी गर्न सकौं । नयाँ आत्मविश्वास,आशा र उत्साह पैदा गरौं । देश र जनतालाई अस्थिरता, परिनिर्भरता,र्आिर्थक अभाव, निरासा अविश्वास, अराजकताबाट,अग्रगमनतिर पुर्याउन सकौं ।
हाम्रो पार्टी आत्मनिर्भरता,स्वाधीनता र समाजवादी रुपान्तरणको अभियानमा छ । २०८१ साल नेकपाका लागि निकै उत्साह र उपलब्धीपूर्णको बर्ष रहयो । जनता र मित्रशक्तिहरुसंगको सहकार्य हार्दिकतापूर्ण रहयो । हामीले आर्थिक आत्मनिर्भरताका क्षेत्रमा सोचे भन्दा राम्रो गर्न सक्यौ । पार्टीले लिएका योजना सबै क्षेत्रमा भने भन्दा राम्रो गर्न सक्यौ । जनतासंग मिलेर वाली उत्पादन केन्द्र (आलु उत्पादन,माहुरी पालन, स्याउ सहित फलफुल रोपन,गौशाला, जनस्वास्थ्य सेवा केन्द्र, व्यवसायिक तालिम, हार्भिक फिनेल उद्योग, गड्यौला मल उद्योग, सी व्यापार केन्द्र, भेडा फर्म, सी गार्मेन्ट) संचालनमा ल्याउन सक्यौ । सयौ जना कमरेडहरुलाई स्वरोजगारीमा जोड्न सक्यौं ।
राष्ट्रिय उद्योगीसंग सहकार्य गर्न पायौ । देशलाई स्वाधीन राख्न अनेकन संघर्षमा डटेर लड्यौ । मिटर व्याज, लघुवित्त,चर्को बैङ्क व्याज, भ्रष्टाचार, सुकुम्वासीमाथिका दमन विरुद्ध हामी नै लड्यौ । सबै कार्यमा देश बाहिर बसेका मित्र होस्, देश भित्रका नागरिक,कर्मचारी, प्रशासक,उद्योगी,बुद्धिजीवी, युवा, मित्र पार्टीका नेता कार्यकर्ताहरुको सौहार्दपूर्ण सहयोग रहयो । पार्टी आत्मनिर्भरताको बलियो खुट्किलो चढन सफल भएको छ । यो बर्ष पार्टीले जनतासंग मिलेर केही महत्वपूर्ण योजनामा प्रवेस गर्नेछ र उपलब्धी हाशिल गर्नेछ भन्ने भरपुर विश्वास एवम आशा छ । देश तथा विदेशमा रहेका मित्रहरु वास्तवमै नयाँ गर्न चाहान्छौ । देश बनाउने सबैमा चिन्ता छ, तर हाम्रो त्यो भन्दा फरक स्पष्ट विचार, योजना र स्वपहल पनि छ । राज्य संचालनमा रहेका सबै निकायको सहयोग सामान्य मात्र भयो भनेपनि हामी जनताको बिचमा धेरै राम्रो गर्न सक्नेमा छौ । विदेशमा बस्ने मित्रहरुको त्यस तर्फ ध्यान पुगोहोस् भन्ने आग्रह छ ।
प्रिय कमरेड तथा आदरणीय जनसमुदायहरु,
चुनौती र अबरोधहरुसंग पाईलै पिच्छे नलडेसम्म सफलता हाशिल गर्न सम्भव छैन । जति ठुलो र उच्च आकांक्षा उति ठुलो कठिनाईसंगको संघर्ष भन्ने विचारलाई पक्रेर २०८२ मा देश र जनताको पक्षमा उभिने पार्टीका योजनालाई कार्यान्वयन गर्न अग्रसर बनौ । सबै नागरिकहरुले आफ्नो देशका लागि केही नयाँ गरौं र गर्न सकिन्छ भन्ने भावनाका साथ अगाडि बढौं । २०८२ देशका लागि उपलब्धीमूलक, उत्साहमय एवम सुखद हुनेछ । नयाँ बर्षको धेरै –धेरै शुभकामना ।
धन्यवाद ।
(भिडियो पूर्णपाठ)