ताला तोडेर परिक्षा संचालन गरिएको विषयमा शिक्षक महासंघ रास्कोटको गम्भीर ध्यानाकर्षण

३ वैसाख, कालिकोट । नेपाल शिक्षक महासंघ रास्कोट नगर समितिले ताला तोडेर परिक्षा संचालन गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलवार महासंघका अध्यक्ष अविलाल वराल सहित महासंघमा आबद्ध विभिन्न शिक्षक संगठनहरुले संयुक्त रुपमा एक प्रेश विज्ञप्ति जारी गर्दै वडीमालिका उच्च माध्यमिक विद्यालयलमा कक्षा ८ को ग्रेड वृद्धि परक्षामा ताला तोडेर परिक्षा संचालन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।
रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमराज शाहीले कर्मचारीबाट परीक्षा लिन सकिन्छ भने लिनुहोस् भन्ने कुरा महासंघका जिम्मेवार पदाधिकारीबाट आएकाले आफुले परिक्षा लिएको बताउनु भएको थियो ।
तर यो विषयमा शिक्षक महासंघले गलत र भ्रमक अभिव्यक्ति भएको भन्दै घोर भत्र्सना गरेको छ । ‘ने. शि. म. रास्कोट नगर समिति अध्यक्षले परीक्षा स्थकित गर्नुहोस् भन्दा “कर्मचारी लगाएर सञ्चालन गर्छु भन्ने“ खेमराज शाहीको दम्भपूर्ण अभिव्यक्ति शैक्षिक सुधारको विपरीत रहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपाल शिक्षक महासंघ रास्कोटका अध्यक्ष अविलाल बराल,सचिव तपराज न्यौपाने,प्र. ने.रा. शि. स.अध्यक्ष मेकेन्द्र शाही, ने.शि.स.अध्यक्ष लोगराज न्यौपाने, ने.रा. शि.स. का अध्यक्ष खेमराज न्यौपाने र ए. अ.ने.रा.शि.स. रास्कोट नगर कमिटी अध्यक्ष उपेन्द्र प्रसाद न्यौपानेले हस्ताक्षेर गर्नु भएको छ ।
नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिको आह्वानमा सम्पूर्ण शिक्षक संघ संगठनको संयुक्त एकता मा २०८१÷१२÷२० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन जारी रहेकाले शिक्षकहरुले कुनै पनि शैक्षिक गतिविधिमा भाग लिएका छैन । ग्रेडबृद्धिका लागि २१३ जनाले आवेदन दिए पनि परीक्षामा १८९ जना विद्यार्थी सहभागी भएका थिए ।
जसले गर्दा विद्यार्थीको बर्षभरी पढेको विषयमा परिक्षा दिनबाट बञ्चित हुनु परेको भन्दै अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन ।

विज्ञप्तिको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस