२४ वैशाख, काठमाडौं । भारतले पाकिस्तान प्रशासित कश्मिरमा गरेको हवाई आक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।
भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको हो । घटनामा सयौ मानिसहरु घाइते भएको आसंका गरिएके छ । यो आक्रमणले भारत र पाकिस्तानमा तनाव सृजना गरको छ ।
भारतले दुई साताअघि एक नेपालीसहित २६ जना भारतीय नागरिकको जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको जनाएको छ । भारतीय सेनाले ‘न्याय दिइएको’ भन्दै संक्षिप्त प्रतिक्रिया सार्वजनिक गरेको छ ।
भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय सैन्य बलहरुले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आतंकवादी संरचनाहरुलाई लक्षित गरेर अपरेशन सिन्दुर चलाएका छन्, जहाँबाट भारतविरुद्ध आतंकवादी हमलाको योजना बनाइएको थियो र निर्देशन दिइएको थियो ।’
तर, पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने चेतावनी दिएका छन् ।
