मोहन्याल गाउँपालिकाको प्रशासनीक भवनको पालिका अध्यक्षबाट उद्घाटन

२४ बैशाख,कैलाली । जिल्लाको मोहन्याल गाउँपालिकाको नवनिर्मित प्रशासनीक भवनको गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर) ले उद्घाटन गर्नु भएको छ ।
बुधवार एक कार्यक्रमका विच गाउँपालिकाको खिमडीमा पालिका अध्यक्ष उपाध्यायले गाउँपालिकाको नवनिर्मित प्रशासनीक भवनको उद्घाटन गर्नु भएको हो ।
भवनको उद्घाटन गर्दै गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीलाई सुविधा हुने पालिका अध्यक्ष उपाध्यायले बताउनु भएको छ । उहाँले भवन नहुदा सेवाग्राहीलाई हुने दुख अव अन्त्य भएको बताउनु भयो ।
पालिका अध्यक्ष उपाध्यायले पालिका अब कमजोर नभएको बताउनु भयो । १५ लाख लागतमा बनेको प्रशासनीक भवनको ५ वटा कोठा रहेका छन ।
प्रशासनीक भवन तत्काललाई ढलान हुन नसकेपनि जस्तापाताले छाएको छ । यसअघि प्रशासनीक भवन नहुदा सेवाग्राहीलाई सेवा लिन समस्या हुने गरेको थियो । प्रशासनीक भवनको उद्घाटन कार्यक्रमको संचालन सहलेखा अधिकृत यम वहादुर वोगटीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस