सबैखाले बेथितीविरुद्ध युवा संगठन लड्छः दिनेश सी

२९ बैशाख, कालिकोट । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले आफ्नो संगठन सबैखाले बेथितीविरुद्ध लड्ने बताउनु भएको छ ।

युवा संगठन नेपाल कालिकोटले भ्रष्टाचार विरुद्ध थालिएको जागण अभियानलाई ताडीमा उद्घाटन गर्दै अध्यक्ष दिनेश सीले संगठनले सबैखाले बेथिती विरुद्ध लड्ने बताउनु भएको हो ।

उहाँले युवाहरुले भ्रष्टाचार गर्न नदिने र भ्रष्टाचार गरिएको थाहा हुन आए कडा कार्वाही गर्ने चेतावनी दिनु भयो ।

उहाँले मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजोर हुनु, लोकतन्त्रको विरोधी शक्ति सल्बलाउनु कुनै संयोग नभएको भन्दै मुलुकलाई कमजोर बनाउने योजनाबद्ध षडयन्त्र भएको दाबी गर्नुभयो ।

जनताको समस्या र दुःखमा सहभागी भएर सबैखालका बेथिति विरूद्व संघर्ष गर्दै आएको भन्दै दलालहरूले जनतामा छरेको भ्रमहरूलाई चिर्दै युवा संगठन नेपाल दलालहरूका जस्तोसुकै षडयन्त्रलाई परास्त पार्न तयार रहेको अध्यक्ष दिनेशले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस