२९ बैशाख, धनगढी । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला समिति सदस्य पुष्पा साउदलाई सम्मान गरेको छ ।
जनपत्रकार संगठन नेपालले ३ दिनसम्म धनगढीमा आयोजना गरेको पत्रकारिता तालिमको सोमवार समापन कार्यक्रममा नवनिर्वाचित भक्तपुर जिल्ला समिति सदस्य साउदलाई सम्मान गरिएको हो ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा स्थायी बसोबास भई कर्मथलो भक्तपुर जिल्ला बनाउनु भएकी पत्रकार साउद २०८० मा भएको नेपाल पत्रकार महांघको निर्वाचनमा भक्तपुर जिल्लाबाट निर्वाचित हुनु भएको थियो ।
उहाँ जनपत्रकार संगठन नेपालको केन्द्रीय समिति सदस्य पनि हुनुहुन्छ । उहाँ गृह जिल्ला कैलाली पुगेको बेला जनपत्रकार संगठन नेपालका प्रदेश संयोजक धिरज प्रपालाले सम्मान गर्ने कार्यक्रम राख्नु भएको हो । संयोजक प्रपालाले पत्रकार साउदलाई खादा लगाएर सम्मान गर्नु भएको थियो ।
युग प्रेस डटकमका सम्पादक समेत रहनु भएकी पत्रकार साउदको सम्मान कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी, संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, सूचना प्रविधि प्रशिक्षक ममिता रुचाल, सचिब वसन्त विश्वकर्मा लगायत तालिममा सहभागी प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।