विप्लवद्वारा कृष्णसेनको स्मृतिमा प्रकाशित ‘स्मृति र आदर्श’ पुस्तक विमोचन


१३ जेठ, घोराही । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको कृष्णसेन इच्छुक स्मृति र आदर्श पुस्तक नेकपाका महासचिव विप्लव सीले विमोचन गर्नु भएको छ ।
कृष्ण सेन स्मृति दिवसका अवसरमा मंगलबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन कार्यक्रममा नेकपाका स्थायी समिती सदस्य सन्तोष सी , पिबिएम शितल सी , केन्द्रीय सदस्य सविन सी , पाटन सी , तिलक सी , अखिल (समाजवादी)का केन्द्रीय सचिव एवम लुम्बिनी प्रदेश इन्चार्ज मदन सी , प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रीयासन लगाएतको उपस्थिति रहेको थियो ।
२४औं कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा प्रकाशित पुस्तकमा नेकपाका महासचिव विप्लवको बिशेष लेख ,जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्मा लगाएत विभिन्न अग्रज विद्वान व्यक्तित्वहरुको पठनिय सामाग्री रहेका छन् ।
पुस्तक विमोचन कार्यक्रमको सहजीकरण जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस