१४ साउन, कालिकोट । कालिकोट शान्नित्रिवेणी घर भएकी एक महिलाले प्रहरी विरुद्ध जवर्जस्तीकरणीको मुद्धा दर्ता गरेकी छन ।
मुद्धा दर्ता गर्न प्रहरीको आनाकानी भनेर ज्वाला खवर ड्टकममा समाचार प्रकाशित भएपछि मंगलवार साँझ ललितपुर प्रहरी परिसरमा प्रहरी मानवहादुर विक विरुद्ध जवर्जस्तीकरणीको मुद्धा दर्ता भएको हो ।
वाजुरा घर भएका र हाल काठमाडौ उपत्यकामा कार्यरत प्रहरी जवान विकले आफुलाई अपहरण गरी शरिरबन्धक बनाई जवर्जस्तीकरणी गरेको भन्दै ती महिला भाईलाई लिएर गत विहिवार प्रहरी परिसर ललितपुर पुगेकि थिईन ।
तर प्रहरीले भने उल्टै भाईलाई २ दिन थुनामा राखेर मुद्धा दर्ता भएपछि मंगलवार साँझ मात्र छोडेको छ ।
प्रहरी कार्यालयमा अपहरण, शरिरबन्धक, जवर्जस्तीकरणी,साईवर क्राईमको मुद्धा दिएपनि प्रहरीले जवर्जस्तीकरणीको मुद्धामात्र दर्ता गरेको पीडित महिलाले बताएकी छन । मुद्धा दर्तासंगै अभियुक्त प्रहरी विकलाई हिरासत लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीले अपहरण, शरिरबन्धक मुद्धा प्रहरी परिसर काठमाडौमा दिन भनेको र साईबर क्राईमको मुद्धा साईबर व्यूरोमा दिन भनेको पीडित महिलाले ज्वाला खवरलाई जानकारी दिएकी छन ।
प्रहरी जवान विकले ती महिलालाई अपहरण गरी कोठामा लिएर बन्धक बनाएर जवर्जस्तीकरणी गरेको पीडितको दाबी छ । प्रहरी जवान विकले पीडित महिलालाई आफ्नै श्रीमती भएको भन्दै केहीदिन अघि फेसवुकमा समेत फोटो पोष्ट गरिदिएका थिए । प्रहरी जवान विकको भने विवाह भएको र उनको श्रीमती पनि प्रहरीमा भएको वुझिएको छ ।
जागिर लगाई दिन्छु भन्दै आफूलाई फकाएर प्रहरी जवान विकले जर्वजस्तीकरणी गरेको, कोठामा लिएर बन्धक बनाएको, श्रीमती हो भनेर सामाजिक संजालमा फोटो राखेको, उल्टै मुद्धा दर्ता गर्न खोज्दा भाईलाई थुनामा राखेको र अरु सहयोग गर्ने दाई भाईलाई हनी ट्रयाप भनेर मुद्धा लगाउने समेत षड्यन्त्र गरिएको पीडित महिलाले गुनासो गरेकी छन ।
पीडित महिलाले बुधवार काठमाडौ प्रहरी परिसरमा शरिरबन्धक अपहरण मुद्धा र साईबर व्यूरोमा साईबर क्राईमको मुद्धा दर्ता गर्ने तयारी पनि गरेको बताएकी छन ।