कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै


१९ काठमाडौँ । कक्षा १२ को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा आजै सार्वजनिक गर्न लागिएको जानकारी दिनु भयो ।
उहाँले त्यसका लागि बोर्ड बैठक बस्नेसहितको आवश्यक कार्य भइरहेको बताउनु भयो । कक्षा १२ को परीक्षा वैशाख २१ देखि सञ्चालन गरिएको थियो ।
शर्माका अनुसार परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस