जनपत्रकार संगठनद्धारा गोविन्दनाथ योगीको निधनप्रति गहिरो दुख व्यक्त गर्दे श्रद्धाञ्जली

२६ साउन, कालिकोट । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले जनपक्षीय पत्रकार जगदिशनाथ योगी (राजकुमार) का बुवा गोविन्दनाथ योगीको असमायिक निधन भएकोप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
संगठनका कर्णाली प्रदेश समिति संयोजक कर्ण विश्वकर्माले सोमवार एक शोक बक्तव्य जारी गर्दै बुवा गोविन्दनाथ योगीको असमायिक निधनप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
जारी बक्तव्यमा भनिएको छ ‘जनपक्षीय पत्रकार जगदिशनाथ योगी (राजकुमार) का बुवा तथा नेकपा नरहरीनाथ गाउँकमिटी सदस्य ६० बर्षिय बुवा गोविन्दनाथ योगीको दम रोगका कारण यही साउन २४ गते असामयिक निधन भएको खवरले जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश स्तव्ध भएको छ । मृतक बुवाप्रति संगठनको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । यस दुखत घडीमा पत्रकार राजकुमार र उहाँको सिंङ्गोघर परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौ ।’
जनपत्रकार संगठनले समाजसेवी तथा क्रान्तिकारी विचारका धनी बुवा योगीको वि.स.२०२२ सालमा नरहरिनाथ गाउँपालिका ८ कालढुङ्गामा जन्म भई साउन २४ गते निधन भएको जनाएको छ । क्रान्तिकारी विचार भएका कारण सबै परिवर्तनका आन्दोलनमा उहाँको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै जनपत्रकार संगठनले उहाँको निधनले समाजसेवा र क्रान्तिकारी आन्दोलनमा अपूर्णीय क्षेती भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस