एमसीसी विकास निर्माणको भ्रमभित्र फौजी योजना होः भरत सी

३० साउन, धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसी विकास निर्माणको भ्रमभित्र फौजी योजना भएको टिप्पणी गर्नु भएको छ ।
शुक्रवार धनगढीमा एमसीसी विरुद्ध आयोजना गरिएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै नेता भरतसीले एमसीसी विकास निर्माणको भ्रमभित्र फौजी योजना भएको टिप्पणी गर्नु भएको हो ।
उहाँले भन्नु भयो ‘यो अमेरिकी सेना ल्याउने रणनीति हो, विकास निर्माणको भ्रम हो । यसभित्र अमेरिकाको फौजी योजना छ । नेपाललाई युद्धमा धकेल्ने योजना हो । नेपाललाई अर्को युक्रेन बनाउने षड्यन्त्र हो ।’
उहाँले नेपालका दलालहरुले एमसीसी सम्झौता गरेपनि अमेरिकाले रोक्ने भनेको बेला फेरी सुरु हुनु आपत्तिजनक भएको बताउनु भयो ।
अमेरिका सोभियत संघको विगघठनपछि एकधुव्रीय विश्व भन्दै शक्तिशाली भएको भएपनि अहिले त्यो अवस्था नभएको र विश्व वहुधुव्रीयरित गएको दाबी गर्नु भयो ।
नेता भरतले अमेरिकाले विश्वका ७० देशमा एमसीसी संचालन गर्ने कोशिस गरेपनि विश्वका ८ वटा देशले सम्झौता गरेको भन्दै त्यसमापनि ४ बटा देशले फिर्ता दिएको र ४ बटा देशमात्र कार्यन्वयनमा रहेको जिकिर गर्नु भयो ।
नेपाल पनि एमसीसी कार्यान्वयन गर्ने ४ मुलुक कम्वोडिया, आइभरीकोष्ट र सेनेडाल पछिको भएको जिकिर गर्नु भयो ।
‘कमिशनको लोभमा एमसीसी मार्फत देश बेचेका हुन, मुठ्ठीभर दलालहरुले अमेरिकालाई खुसी पार्न एमसीसी गरेका हुन । यो राष्ट्रघाती सम्झौता हो’ उहाँले भन्नु भयो, ‘यसका विरुद्ध खारेज नहुदा सम्म विरोध गर्नुपर्छ, स्वाधिनताको पक्षमा लड्नु पर्छ । यो इतिहासमा लड्नेहरुको नाम लेखिने छ ।’
उहाँले नेपाल राजनीतिक संकटतिर गएको भन्दै त्यसको सहि निकास समाजवाद, नयाँ नेतृत्व, नयाँ कार्यक्रमले दिने दाबी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस