६ भाद्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारत र चीन सरकारबीच लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्न भएको सहमति फिर्ता लिन आग्रह गरेको छ ।
पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारत र चीन सरकारबीच लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्न भएको सहमति फिर्ता लिन आग्रह गर्नु भएको हो ।
नेकपाले भारत र चीनका विदेश मन्त्रीहरुबीच गरिएको अन्यायपूर्ण र राष्ट्रघाती सहमतिलाई तदारुकताका साथ फिर्ता लिन चीन र भारत सरकारलाई विशेष अपिल गर्दछौ । सहमति खारेजीका निम्ति पहल लिन नेपाल सरकारसंग जोडदार माग गर्दछौ भनेको छ ।
‘नेपालको सार्वभौम र अखण्ड भूभागका बारेमा दुई देश बीच सिमापार व्यापार पुनः सुरु गर्ने सहमति गर्दा नेपाल र नेपाली जनतालाई सुचना समेत नहुनुले यी दुई देशको अहंकार, हस्तक्षेपकारी एवं अतिक्रमणकारी रवैया उजागर भएको छ’ नेकपाको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता माथिको आक्रमणको हाम्रो पार्टी घोर निन्दा र कडा भ्रत्र्सना गर्दछ ।’
विज्ञप्तिको पूर्णपाठ
