जनपक्षीय पत्रकार पिवि दियाली जनपत्रकार संगठनमा समाहित

१९ भाद्र, काठमाडौ । जनताको पक्षमा निरन्तर कलम चलाउदै आउनु भएका धरान सुनसरीका जनपक्षीय पत्रकार पिवि दियाली जनपत्रकार संगठन नेपालमा समाहित हुनु भएको छ ।
विहिवार काठमाडौमा एक कार्यक्रमका बिच जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले उहाँलाई खादा ओढाएर स्वागत गर्नु भयो ।
कार्यक्रममा संगठनका सचिव वसन्त विक, जनसांस्कृति महासंघका महासचिव कुशल वोगटी लगायतका जनपत्रकार संगठनका केन्द्रीय सदस्यहरुले सामुहिक रुपमा स्वागत गरे ।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष विश्वकर्माले क्रान्तिकारी जनपक्षीय पत्रकारिता आन्दोलनमा लामो समयदेखि संघर्ष गरिरहनु भएका पत्रकार दियाली जनपत्रकार संगठनमा आवद्ध भएकोमा खुसी व्यक्त गर्दै हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्नु भयो ।
उहाँले आगामी दिनमासंगै क्रान्तिकारी जनपक्षीय आन्दोलनमा कलम चलाउने भूमिका निरन्तर गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।
पत्रकार दियालीले आफूले लामो समयदेखि वामपन्थी आन्दोलनमा कलम चलाएको स्मरण गर्दै आउनेदिनमा पनि जनताको पक्षमा कलम चलाईरहने बताउनु भयो ।

उहाँले नेपालमा अरु सबै नेताहरु बदनाम भएको बेला केही युवाहरुमा आसा ल्याएर विप्लव देखिएकाले आफूपनि त्योबाट प्रभावित भएर पार्टीको भातृ संगठन जनपत्रकार संगठनमा जोडिएको बताउनु भयो ।
विचार, सिद्धान्त र व्यवहारमा विप्लव अरु भन्दा फरक देखिकाले आफू अन्तीमसम्म जनताको पक्षमा कलम चलाउने विचार राख्नु भयो ।
उहाँले २०५१ सालमा ब्लाष्ट दैनिकबाट लेख्न सुरु गरेको भन्दै अहिले पनि गणराज्य साप्ताहिक र गणराज्य समाचार चलाईरहको बताउनु भयो । उहाँले जनताको पक्षमा कलम चलाउदै गर्दा जीवनमा धेरै कठिनाई भोग्नु परेको भन्दै आउने दिनमा परिवर्तनका पक्षमा फेरी पनि दुख कष्ट भोग्न तयार भएको प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस