अत्याचारले जेनजी विष्फोट, कठघेरामा पुराना नेता

“इतिहासका निर्माता जनता हुन । जनताको तागत भन्दा ठुलो तागत कसैको पनि हुन सक्दैन” भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको छ । भ्रष्ट दलाल सरकारका विरूद्व युवा विद्यार्थीहरूले २०८२ भाद्र २३ गते शान्तिपूर्ण आन्दोलन गरे । तर सरकारले आन्दोलनकारीमाथि बर्बर दमन गर्याे । २२ जनाको हत्या गर्याे भने साढे ४ सय बढी घाइते बनायो ।

‎स्कुल डेसमा गएका युवा विद्यार्थीमाथि प्रहरीले ताकि ताकि गाेलि हान्याे । यस घटना विरूद्व चाैंतर्फि विराेध भयो । गृहमन्त्री र प्रधानमन्त्रीको राजिनामा माग गरिए पनि सुरूमा गृहमन्त्री रमेश लेखकले मात्रै राति राजिनामा दिए। तर आन्दोलनकारी यसलाई मान्न तयार भएनन् । आन्दोलनकारी फेरि भाद्र २४ गते विहानै देखि आन्दोलन गर्न सडकमा उत्रिए । सरकारी कार्यालय आगजनी गर्न थाले । भ्रष्ट नेताहरूका पार्टी कार्यालयमा आगजनी गरे । यतिमात्र हैन सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवास पनि दनदनी आगजनी गरे । सेना र प्रहरीले अघिल्लो दिनभन्दा दमन कम गर्याे । केही प्रहरी सेनाले आन्दोलनकारीलाई नै सहयोग गरे ।

‎याे परिदृश्य कुनै पर्दामा थिएन । यथार्थमा थियो । हुन त याे सपना जस्तो देखिए पनि तर याे वास्तविकता थियो । युवा विद्यार्थीहरूले भ्रष्ट नेताहरू र भ्रष्ट सरकारले जनताको हितमा काम गर्नु पर्ने माग गरेका थिए । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह थियो । तर सरकारले जेनजीहरूकाे आन्दोलनमाथि बेवास्ता गर्याे ।

‎जसको परिमाण भाद्र २४ गते आन्दोलनकारीहरूले नेताहरूकाे घर लक्षित र नेता लक्षित आक्रमण गरे । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, दम्पती आन्दोलनकारीबाट कुटिए । देउवाको बुढानिलकण्ठकाे निवासमा आगजनी गरे । काँग्रेस नेता गगन थापा, एमाले नेता तथा अर्थमन्त्री विष्णु पाैंडेल लगायतका नेताहरूमाथि जनताको जनअदालतकाे कठघेराबाटा कार्वाही भयाे । दर्जनौं नेताहरू आन्दोलनकारीकाे निसानामा छन । नेताहरूका घर, सर्वोच्च अदालत लगायतका थुप्रै कार्यालयहरू आन्दोलनकारीकाे कब्जामा छन ।

‎आन्दोलनकारीले राज्यका तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका नियन्त्रणमा लिएका छन । उनीहरूले जेलमा रहेका रवीलाई समेत छुट्याइएका छन। आखिर याे र यत्रो आन्दोलन कसरी सम्भव भयो ? किन भयो ? यसको खास कारण सम्म हामीले जान सक्नुपर्छ ।

‎नेपालका संसदवादी नेता प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालका युवा पुस्ताका माग, आवश्यकता र चाहाना नबुझ्नु नै मुख्यकारण हाे । घुमीफीरी अझै राजनीतिक नेतृत्वमा आउन चाहानु र सरकारमा भ्रष्टाचार गर्न जानुको परिणाम हाे । नेपाली जनताले २०६२/२०६३ सालदेखि राजनीतिक दलहरूलाई बेलाबेला सहयोग गरे । गणतन्त्रमा केही नयाँ सास फेर्ने आसा गरे । शिक्षा, स्वास्थ्य र राेजगारीकाे अपेक्षा गरे । तर वर्षेनि युवाहरू विदेशीनु पर्ने, भ्रष्टाचार काण्ड बाहिर आइरहने, नेताहरू भ्रष्टाचार र कमिसनमा लिप्त हुने घटनाले युवा पुस्तालाई आक्राेसित बनाइरहेको थियो । यसलाई सहि निकास दिनुकाे सट्टा केपी सरकार भ्रष्टहरूको जगमा भ्रष्टहरूलाई बचाउन बन्यो । याे कुरा नेपाली युवाहरूलाई भित्रभित्रै आगाे झैं दन्किरहेकाे थियो । मात्र जेनजीले त्यसैमा थप बल दिए । सरकारले निहत्था युवाहरूलाई बर्बर दमन गरि हत्या गरेपछि आगाेमा घ्यू थपियो ।

‎जसमा देशको अत्याचार बेथितिकाे जेनजी आन्दोलनले उजागर गर्याे । नयाँ पुस्ताले देशलाई अगाडि बढाउने संकल्प गर्याै । अत्याचारको पराकाष्ठामा जनताको आक्राेश विष्फोट भएको हाे । भ्रष्टाचार गर्ने जनतामाथि दमन गर्नेहरू अदालतमा हाेइन जनताको जनअदालतबाट कडा कार्वाही खानेछन ।

‎युवा विद्यार्थीहरुले आन्दोलनकै बिचमा कारबाही पनि गरिरहेका छन । यो बिश्व इतिहासमा नयाँ ऐतिहासिक आन्दोलन हो । जनताको तागतको अगाडि कुनैपनि निरंकुश तानाशाहहरु टिक्न सकेका छैनन् । न त चिनका च्याङ काइसेक टिके, नत रुसका जार शाह टिके, नत जर्मनका हिटलर नै टिके सबै जनताको तागतले परास्त भएका छन । अझै नजिकैको बङ्गलादेश, श्रीलंकाको आन्दोलनलाई पनि लिन सकिन्छ ।

‎याे कुरालाई भ्रष्ट दलाल नेताहरुले समयमै बुझ्न नसक्दा नेपाल आगो भयो । आज धुवाधुवाकाे आकाश भएको छ । देश जलिरहेको छ । नेताहरु अपराध लुकाउन भागिरहेका छन । केपी र प्रचण्ड आन्दोलनकारीबाट भागेका छन । माधव नेपाल र झलनाथ खनालहरु पनि भागेका छन । सबै राजनीतिक पार्टी प्रति जेनजीहरु आक्रोशित छन । किनकि सबैले आलाेपालाे देश लुटेर खाएका छन ।

‎जेनजीरूले नयाँ विकल्पको सरकार चाहेका छन । जेनजीहरुकाे आन्दोलनका मागहरु लामो समय देखी विप्लव नेतृत्वकाे नेकपा, बालेन र रवीहरूले उठाउदै आएका छन । विप्लप केन्द्रिय समिति वैठेक सारेर आन्दोलनमा सहभागी हुन काठमाडौं पुग्दैछन । । बालेन र रवि पनि आन्दोलनको साथमा छन । विप्लव उत्पादन क्रान्तिमा छन । भ्रष्टाचार विरोधी अभियानमा छन। राष्ट्रिय स्वाधीनताकाे आन्दोलनमा छन। अब नयाँ युवा नेताहरूकाे संयुक्त सरकार हुने अनुमान गर्न सकिन्छ । नेपालका नेताहरु नसच्चिनु अहिलेको परिमाण हो । हत्यारा सरकारका भ्रष्ट नेताहरू अझै जनताको जनकारबाहीमा पर्दै जानेछन । आन्दाेलनकाे गति राेकिएकाे छैन । याे प्रतिगमनतिर होइन, अग्रगमनतिर र समाजवादीतिर याे आन्दोलन प्रवेश हाेस् शुभकामना

प्रतिक्रिया दिनुहोस