जेनजी आन्दोलनका अभियान्ता ‘सुदन गुरुङ’ पश्चिमाबाट परिचालित भएको खुलासा

२७ भाद्र, काठमाडौ । भाद्र २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनका अभियान्ता सुदन गुरुङ पश्चिमा राष्ट्रहरुबाट परिचालित व्यक्ति भएको खुलेको छ ।
उनले ‘हामी नेपाल’ नामक एनजिओ बनाएर पश्चिमा राष्ट्रहरुबाट डोनेसन ल्याउने र क्रिश्चियन धर्मको प्रचार गर्ने गरेको खुलेको हो ।
पश्चिमाहरुले नेपालमा प्रतिगमन निम्त्याउन विभिन्न चलखेल गरिरहेका बेला त्यसको माध्यम ‘हामी नेपाल’ भन्ने एनजिओ मार्फत गरिएको पाईएको छ ।
यो एनजिओ मार्फत ठुलो लगानी गरेर नेपालमा जेनजीहरुको नाममा आन्दोनल गरिएको रहस्य खुलेको छ ।
एउटा इमान्दार जेनजीहरु साँच्चीकै भ्रष्टाचार अन्त्यका लागि अरु चलखेल नबुझेर आन्दोलनमा लागेको देखिएको छ । गुरुङद्धारा परिचालित अर्को जेनजी युवाहरु भने ठुलो आर्थिक लाभ लिएर गणतन्त्र विरुद्ध आन्दोलनमा लागेको अनुमान छ ।
गुरुङ अध्यक्ष रहेको ‘हामी नेपाल’ एनजिओको धरान, काठमाडौ,नेपालगंज र पोखरामा कार्यालय समेत राखिएको छ ।
यो एनजिओ सन २०१५ मा स्थापना गरिएको देखिएको छ । यसले लामो तयारी गरेर जेनजी आन्दोलन गरेको पुष्टि भएको छ । यसलाई नेपालका नेताहरुले बुझन नसेको देखिएको छ । एनजिओ मार्फत अकुत पैसाहरुको प्रयोग गरेर जेनजीका नाममा आन्दोलन गरी विध्वंश पारेको केही आन्तरिक श्रोतले बताएका छन ।
मेनुका शाहीले आफ्नो फेसबुकबालमा गरुङ भूकम्पका बेला डोकोमा राहत सामग्रीसंगै वाईबल वितरण गर्दै हिडेको दाबी गर्छन ।
‘हामी नेपाल’ भन्ने एनजिओको वेबसाईडमा नेपालका धेरै युवाहरु र डाक्टर सन्दुक रुईतको नाम र फोटोहरु भोलेन्टिएर भनेर राखिएको छ ।
यो एनजिओको लामो कनेक्सन Barbara Foundationभन्ने अर्को INGO संग रहेको पनि खुलेको छ ।
जसको अध्यक्ष नेपालका आँखा डाक्टर सन्दुक रूईत रहेका छन । सन्दुक पनि अमेरिकीहरुको दलाल भएको एक श्रोतको दाबी छ ।
यीनीहरु सवैले नेपालमा जेनजीको नाममा आन्दोलन गरेर राजसंस्था फर्काउन खोजिएको अनुमान छ । जेनजीहरु विचको प्रधानमन्त्री छान्ने प्रक्रियामा भएको कुटाकुट र विवादपनि यसको उदाहरण हो । एउटा पक्षले राजा ल्याउनु पर्छ भनेर वहस गर्नु र अर्को पक्षले संविधानको रक्षा गरेर अगाडि जाने कुरा गर्नुले पनि धेरै कुरा प्रष्ट पारेको छ । गुरुङ जेनजी नभएर जेवाई हुन । उनी करिव ३६ बर्षका छन । उनी पश्चिमाहरुको निकै नजिक छन ।

‘रुईतको विश्वव्यापी रुपमा विभिन्न एनजिओ आइएनजिओसंग बलियो सम्बन्ध रहेको देखिन्छ । गुरूङको एनजिओमा रुईत कै फाउन्डेसनबाट पैसा जाँदो रहेछ । अब रुईतको फाउन्डेसनलाई चाहीँ कसले कसरी फन्डिङ गर्छ भन्ने विषय रोचक छ । धेरैले नाम नसुनेका एकजना विवादित व्यवसायी छन सुहरिद राज घिमिरे । पानामा पेपर्सले स्विस बैंकमा अकुत सम्पती थुपार्ने र ट्याक्स हेभन मुलुकमा कालो धन लगानी गर्ने व्यक्तिहरूको सुची निकाल्दा घिमिरेको नाम पनि आएको थियो । उनी र उनको छोरी अदिती घिमिरेको नामबाट रुईतको फाउन्डेसनलाई ठुलो आर्थिक सहयोग जाने गरेको तथ्याङ्कहरू छन । त्यसबाहेक the Fred Hollows Foundation नामक अष्ट्रेलियन एनजिओसंग रूईतको सहकार्य देखिन्छ । तर अमेरिकाबाट आइरहने फन्डिङको कुनै डेटा श्रोत खुलाइएको पाइदैन गोप्य राखिएको छ’ मेनुका शाहीको फेसबुकवालमा उल्लेख छ ।
‘रूईतले मोतियाबिंदु शल्यक्रियाबाट अन्धोपना हटाउने अभियानका लागि एकजना अमेरिकीसंग मिलेर Himalayan Cataract Project भन्ने गैर नाफामुलक एनजिओ समेत चलाएका छन । जो अन्य मुलुकका लागि फन्डिङ च्यानल मानिन्छ ।
अनुहार नेपाली भएपनि फन्डिङ नेट्वर्क कनेक्सन पश्चिम तिर जोडिएको छ’ मेनुकाले भनेकि छन । यसरी हेर्दा नेपालको जेनजी आन्दोलनको पछाडि विदेशीहरुको पनि ठुलो हात रहेको छ भन्ने देखाएको छ । नेपालका भ्रष्ट नेता र सरकारको असावधानीले युवा विद्यार्थीहरुमा असन्तुटि फैलिएको थियो । त्यही मौका छोपेर नेपालका युवा विद्यार्थीहरुलाई जेनजी आन्दोलनका नाममा प्रयोग गरिएको देखिएको छ ।
गणतन्त्रवादी युवा विद्यार्थीहरुका कारण राजा ल्याउने षड्यन्त्रपूर्ण आन्दोलन तत्काल सफल हुन नसकेपनि षड्यन्त्र जारी रहेको श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस