२० असोज, कोहलपुर । मान्छे सुतेको ब्यूझिन बढीमा ७ देखि ८ घण्टा लाग्छ होला । अझै बढी सुत्नेहरु १२ घण्टासम्म सुत्छन होला ।
सायद ! त्यो भन्दामाथि बढेर जाने हो भने पनि २४ घण्टामाथि त कोही पनि सुत्न सक्दैन होला । तर एउटा अच्चम लाग्दो घटना डोल्पा जिल्लामा घटेको छ ।
जिल्लाको मुठकिचोला गाउँपालिका वडा नम्वर ६, नरकु गाउँका ४१ बर्षिय जगतबहादुर शाही भने दुई बर्षसम्म सुतेका छन ।
उनी सुतेको दुईबर्षपछि मात्र आफु व्यूझिएको थाहा पाउछन । उनी २०७६ सालको असार १० गते जिल्लाको सदरमुकाम दुनै आएका थिए । उनको रक्सी खाने वानी पनि थियो ।
उनी साँझको समयमा रक्सी पानी र खाना खाएर अन्दाजी ८ बजेतिर सुतेका थिए । तर उनी विहान उठन सकेनन् । उनी सुतेको सुतै भए । एकै पटक काठमाडौ पुगे । उनको २०७८ सालको जेठमा होस आयो । जगतबहादुरले भने ‘म एकैचोटी दुई बर्षपछि व्यूझिएको थाहा पाउछु ।’
अहिले जगत बहादुर शाही व्यूझिएका त छन, तर ४ बर्ष यता ओझेनमै पल्टिएका छन । २ बर्ष ओझेनमै सुतेको र ४ बर्ष ब्यूझिएर पनि ओझेनमै पल्टिएको हिसाव गर्दा उनी ६ बर्षदेखि ओझेनमै छन । यो खवर सुन्दा सबैलाई अच्चम लाग्न सक्छ ! तर यो सत्य घटना हो ।
जब, जगत बहादुरले खाना खाएर राति सुते, उनलाई सुतेकै समयमा प्रेसले टाउकोमा हानेको पत्ता नै भएन । उनको होस गुम्यो । उनलाई असार ११ गते हेलिकप्टरबाट उनका आफन्तहरुले उपचारका लागि काठमाडौ पुर्याए । काठमाडौको केएमसी अस्पतालका डाक्टरहरुले उनको टाउकोमा रगत जमेको बताए । उनको तुरुन्त अप्रेसन गर्नु पर्ने भनेपछि टाउकाको अप्रेसन भयो ।
अस्पतालमा करिव १ बर्ष जति जगत बहादुरलाई राखियो । तर पनि जगतको स्वास्थ्यमा सुधार आएन र होस आएन । डाक्टरहरुले औषधी प्रयोग गर्दै गर्नु विस्तारै होस आउछ भने । जगत बहादुर त्यतिन्जेलसम्म निन्द्रामै थिए । त्यसपछि उनलाई उनका आफन्तहरुले गृह जिल्ला डोल्पा पुर्याए । जगत बहादुरलाई घरमा लिएको झण्डै १ बर्षपछि २०७८ सालको जेठमा होस खुल्यो । एकैपटक जगत वहादुर शाही निन्द्राबाट झसङ्ग ब्यूझिए जस्तै भए ! उनलाई आफ्नो कथा केही पनि थाहा थिएन ।
उनी ज्वाला खवरलाई भन्छन ‘मलाई दुई बर्षसम्म के के भयो केही थाहा छैन, एकै पटक ब्यूझिदा म आफै अच्चमित छु । म त दुनैमा सुतेको मान्छे एकै पटक घरबाट ब्यूझिएको थाहा पाए । शरिर चल्ने अवस्था छैन । के भएको हो ?भन्दा आमाले तँ त विरामी भएर काठममाडौ पुर्याएर उपचार गरेर ल्याएका हौ भन्नु भयो, म आकासबाट खसे झै भए, अहिले पनि म ६ बर्षदेखि ओछेनमै छु ।’

जगत बहादुर अहिले ७० बर्षिय आमा मनमाया शाहीको रेखदेखमा कोहलपुरमा उपचारको शिलशिलामा छन । उनको शरिर अहिले पनि चल्दैन । दायाँ वायाँ सर्दा, ट्वाईलेट जाँदा, खाना खाँदा अर्को मान्छेको सहारा चाहिन्छ । उनको त्यो साहारा आमाले दिईरहेकी छिन । जगत वहादुरको शरिरमा प्यारालाईसिसले जाम भएको छ । उनको आमा मनमाया भन्छिन् ‘छोराको उपचार गर्न निकै समस्या भयो । धेरै पैसा खर्च भयो । अझै ठिक हुदैन । अब त ठिक होला भन्ने आसा पनि मर्यो । कतै भारतको ठुलो अस्पतालमा पुर्याएपछि ठिक हुन्छ कि डाक्टरहरुले भन्छन । तर धेरै आफुसंग पैसा छैन । उपचार कसरी गरौ ?’
जगत वहादुरको अहिले कोहलपुरको कौसिल्या अस्पतालमा सामान्य उपचार भईरहेको छ । यहाँ कुनै सुधार हुने छाँटकाँट देखिएको छैन ।
‘१ छोरा ९ बर्षको र १ छोरी १४ बर्षको छन । श्रीमती योगिता न्यौपाने पनि छिन । तर उनलाई घरको कामकाज ठिक्क छ । दसैको समयमा भने कोहलपुरमा भेटन आएकी थिईन’ जगत वहादुरले भने ।
जगत बहादुर मनमायाका ३ छोरा मध्य कान्छा छोरा हुन । मनमाया विरामी छोरालाई लिएर जेठाजुको छोरा ज्ञानेन्द्र बहादुर शाहीको कोहलपुर दशविगाहको दक्षिणतिर रहेको घरमा बस्छन ।
दसैको दिन टिका लगाउन बर्दिया बस्ने माहिला छोराको घर गएको बेला कोठामा राखिएको उपचारको ५० हजार समेत उल्टै चोरी भएपछि मनमाया निकै दुखि छन ।
‘एकातिर छोराको अवस्था यस्तो छ, त्यसैमा आर्थिक अभाव छ,चोरहरुले मेरो पैसा चोरेर लिए बावु ! म निकै दुुखि छु’ मनमायाले ज्वाला खवरलाई भनिन् । आर्थिक अभावले उपचार नहुदा ओछेनमै रहेका छोरा जगत बहादुर शाहीलाई सक्दो सबैले सहयोग गर्न मनमायाले अपिल पनि गरिन ।
दुई बर्षसम्म निन्द्रामा अचेत भएका जगत वहादुर शाहीको निन्द्रा खुलेसंगै चेत त खुल्यो तर अझै स्वास्थ्यमा पूर्ण सुधार भएको छैन । उनको ज्वाला खवरको तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना छ !
