‘प्रचण्डपथ’ छोडेका प्रचण्डले ‘माओवाद’ पनि छोडे, माओवादी पहिचान मेटाए

१७ कार्तिक, काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजदेखि औपचारिक रुपमा पार्टीको माओवादी पहिचान मेटाएका छन ।
विभिन्न आठ समुहसंग एकता गर्ने आईतवार सहमति गर्दै जनयुद्धदेखि मार्गनिर्देशक सिद्धान्तको रुपमा स्थापित विचार ‘माओवाद’ छाडने निर्णय गरेका हुन ।
यसले औपचारिक रुपमा पार्टीको माओवादी पहिचान मेटाएको छ । यो निर्णयले माओवादी विचारधारा बोकेका आम नेता कार्यकर्ता र जनतालाई निकै दुखि बनाएको छ ।
एकता हुनु राम्रो पक्ष भएपनि विचार सिद्धान्तनै बेचेर गर्ने एकता साँचो एकता हुन नसक्ने माओवादी भित्रै प्रश्न उठेको छ । जसले गर्दा माओवादी केन्द्र पनि विभाजनको खतरामा पुगेको छ ।
प्रचण्डले यसअघि पनि एमालेसंग एकता गर्दा माओवाद छोडेर एकता गरेका थिए । विचार विनाको एकता धेरै टिक्न नसक्दा भत्किएको थियो । प्रचण्डले यतिवेला मात्र होईन बेला बेला विचार सिद्धान्त परित्याग गर्ने गरेका छन ।
तत्कालिन नेकपा एकता केन्द्रका अध्यक्ष नारायणकाजी श्रेष्ठसंग एकता गर्दा जनयुद्धले जन्माएको विचार प्रचण्डपथ पनि परित्याग गरेका थिए । जसले गर्दा त्यतिवला पनि माओवादी विभाजनको विउ रोपिएको थियो ।
जनयुद्धले जन्माएको प्रचण्डपथको विचार संगै जनमुक्ति सेना, जनअदालत, जनसत्ता, जनकम्युन, सबै ध्वस्त पारेका प्रचण्डले अन्ततः माओवाद विचार पनि ध्वस्त पारेका हुन ।
अब माओवादी आन्दोलनको इतिहास पनि ध्वस्त हुनेछ । यो एकता वामपन्थीहरु विचको एकता भनिएपनि पद,प्रतिष्ठाका लागि जेनजी आन्दोलन पछिको संकट टार्न गरिएको एकताको रुपमा क्रान्तिकारीहरुले लिएका छन ।
यो एकताले वास्तविक कम्युनिष्ट आन्दोलनमा देखिएको समस्या समाधान दिन नसक्ने माओवादी केन्द्रकै नेताहरुको ठोकुवा छ ।
मालेमावादकै जगमा नेपालमा जनयुद्ध भएको थियो । यदि माओवाद जनयुद्धमा विचारधाराको रुपमा स्वीकार नगरेको भए नेपालमा जनयुद्धको तिव्र विकास नहुन पनि सक्थ्यो एक माओवादी नेताले भने ।
माओवादसंग जनयुद्धका सहिद, बेपत्ता,घाईते, जनमुक्ति सेना,नेता कार्यकर्ता र श्रमजीवीवर्गको गहिरो सम्वन्ध छ ।
त्यहि सम्वन्धलाई ध्वस्त बनाउने गरी विभिन्न समूहसंग प्रचण्डले गरेको एकताको सहमतिले क्रान्तिकारीलाई होईन संसोधनवादीहरुलाई फाईदा हुनेछ ।
१८ बुँदे सहमतिको १ नम्वर बुँदामा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद मात्र रहने भनिएको छ ।
विचारको थप विकास गर्नुपर्ने ठाउँमा विचार छोड्दै एकता गर्ने कुराले माओवादी पहिचान पूर्ण रुपमा समाप्त भएको माओवादी भित्रको बुझाई छ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर र नेता सुदन किरातीले त यो एकतालाई स्वीकार गर्न नसकिने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस