छैठौं राष्ट्रिय सम्मेलनको तयारी स्वरुप श्रमिक मोर्चा कर्णाली प्रदेशको बैठक सम्पन्न

३ पुस, दैलेख । छैठौं राष्ट्रिय सम्मेलनको तयारी स्वरुप श्रमिक समुदाय मोर्चा नेपाल, कर्णाली प्रदेश समन्वय समितिको तेस्रो पूर्ण बैठक विहिवार सम्पन्न भएको छ ।
छैठौं राष्ट्रिय सम्मेलनको तयारी र सफलताका लागि थुप्रै महत्वपूर्ण निर्णय गर्दे मोर्चाको बैठक दैलेखको गुराँसमा सम्पन्न भएको हो ।
बैठकलाई मोर्चाका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि रामलाल सीले सम्वोधन गर्दै छैठौं राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पार्न तयारीका कामहरु तिव्र बनाउन निर्देशन दिनु भयो ।
उहाँले श्रमिक समुदायको मुक्ति एकीकृत जनक्रान्तिको मोर्चा र नेपाली विशेषताको समाजवादबाट मात्र प्राप्त हुने ठोकुवा गर्नु भयो ।
बैठकमा “पूर्ण समानुपातिक प्रतिनिधित्व र सी सभ्यताका निम्ति हाम्रो आन्दोलन ! स्वाधीनता र विशेष अधिकारसहितको समाजवादको पक्षमा छैठौं राष्ट्रिय सम्मेलन !!” भन्ने मूल नारालाई व्यापक प्रचार प्रसार गर्ने निर्णय भएको छ ।
आगामी माघ १०, ११ र १२ गते काठमाडौँमा आयोजना गरिएको छैठौं राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र बनाउने उद्देश्यका साथ आयोजित बैठकले जिल्लास्तरीय बैठक, भेला, सम्मेलन, सदस्यता वितरण, नारा लेखन लगायतका थुप्रै कामहरु गर्ने निर्णय गरेको मोर्चाले जनाएको छ ।
कर्णाली प्रदेशमा श्रमिक समुदायको हकहित, समानुपातिक प्रतिनिधित्व तथा समाजवादी आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मोर्चाले बैठक भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ ।
मोर्चाका प्रदेश इन्चार्ज जनक सीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सी, पार्टी केन्द्रीय सदस्य एवं दैलेख जिल्ला सचिव बिश्व सी, अखिल (समाजवादी) केन्द्रीय सचिवालय सदस्य उदय सीको समेत विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस