राेल्पाबाट महासचिव विप्लव प्रत्यक्षतर्फको एकल उम्मेदवार सिफारिस

२३ पुस, राेल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा एकल उम्मेदवार सिफारिस हुनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति राेल्पाको बुधबार बसेको विशेष बैठकले पार्टी महासचिव विप्लवलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा एकल उम्मेदवार सिफारिस गरेको हो ।

महासचिव विप्लव निस्कलंकित र श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय नेता भएको भन्दै उहाँलाई नै जिल्लाबाट प्रत्यक्षतर्फको एकल उम्मेदवारमा नाम सिफारिस गरिएको जिल्ला सेक्रेटरी पृथ्वी बिक्रम सीले जानकारी दिनुभयो ।

उहाँलाई राेल्पाली जनताले माओवादी जनयुद्धको प्रमुख नेताहरू मध्यमा उहाँलाई प्रभावशाली नेताका रुपमा चिन्ने गरेका छन ।

२०६४ काे संविधानसभा निर्वाचन पछि प्रचण्ड नेतृत्वको माओवादीले जनताको आसा अनुसार काम नगरेपछि असन्तुष्ट हुदै क्रान्तिका अधुरा सपना पुरा गर्ने लक्ष्य लिएर महासचिव विप्लवले २०६९ सालमा नयाँ पार्टी बनाएर अलग हुनु भएको थियो ।

प्रचण्डबाट अलग भएपछि एकीकृत जनक्रान्तिको माध्यमबाट उहाँले देश र जनताकोहितमा महत्वपूर्ण योगदान दिईरहनु भएको छ ।

केपी ओली प्रधानमन्त्री हुदा र प्रचण्ड समेत केपीसंगै पार्टी एकता गरी नेकपा बनाएको बेला भ्रष्टाचार विरुद्ध कार्वाही गरेकै कारण विप्लवकाे पार्टीले २ बर्ष प्रतिबन्धको सामना समेत गर्नु पर्यो । २०७७ फागुन २१मा सरकारसंग तीन बुँदे सहमति पछि तत्कालिन नेकपा र अहिलेको नेकपा (माओवाद) खुल्ला राजनीतिमा प्रवेश गरेको हो ।

एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा २०८२ फागुन २१ गतेको निर्वाचनलाई उपयोग गर्ने नीति लिएको यो पार्टीले गत मंसिर २ गते निर्वाचन आयोगमा औपचारिक रुपमा नेकपा (माओवादी)को नाममा पार्टी दर्ता गर्दै निर्वाचनमा होमिएको छ ।

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) माधव नेपाल लगायतका साना दलसंग एकता गर्दा माओवादी सिद्धान्त र माओवादी पहिचान छोडेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि महासचिव विप्लवले नेकपाको नाम जनयुद्धकालिन नेकपा (माओवादी) राखिएको थियो ।

निर्वाचन आयोगमा गुलाफ चिन्ह लिएर माओवादी अहिले निर्वाचनको मैदानमा छ । समानुपतिकको बन्द सूची पेश गरेको माओवादीले अव प्रत्यक्षतर्फ लड्ने उम्मेदवारहरुको नामावली सार्वजनकि गर्न थालेको हो ।

यही शिलशिलामा नेकपा (माओवादी) राेल्पाले आज सर्वसहमत रुपमा राेल्पाबाट चुनाव लड्न विप्लवको नाम एकल सिफारिस गरेको हो ।

यसले राेल्पामा नयाँ तरंग ल्याएको छ । उता नेपाली कम्युनिष्ट पार्टीले प्रचण्ड र वर्षमान पुन (अनन्त)को नाम सिफारिस गरेको छ भने यता माओवादीले विप्लवको नाम सिफारिस गरेको छ ।

तीनवटै विगतमा एउटै पाटीको नेता र अहिले फरक पार्टीबाट निर्वाचन लड्ने कुरा वाहिर आउदा धेरैलाई चासोको विषय बनेको नेताहरुले बताउने गरेका छन । राेप्पाली जनताले भने स्थानीय नेता, देश र जनताप्रति प्रतिबद्ध भएको नेता एकमात्र विप्लवलाई विजय गराउने धरैको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस