को हुन त ? सहिद विश्वनाथ योगी (विवश)
विसं २०२३ भदौ २४ गते सिपखाना गाविस वडा नं ७ कोलीगाउँमा बुबा सम्पत्तिनाथ योगी र आमा राजीन्द्रा योगीको कोखबाट जन्मिनुभएका विश्वनाथ योगी नेपाली क्रान्तिका कुशल तथा होनाहार योद्धा हुनुहुन्थ्यो । बाल्यकालमा निकै मिलनसार स्वभावका योगी हुने बिरुवाको चिल्लो पात भने झै प्रावि तहको अध्ययन प्रावि कोलीगाउँबाट आरम्भ गरी बडीमालीका मावि रास्कोटबाट एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले बहुमुखी क्याम्पस सुर्खेतबाट उच्चशिक्षा हासिल गर्नुभयो । उहाँको विवाह लालु निवासी प्रमिला योगीसँग भएको थियो ।
प्रावि मुम्रामा शिक्षक पेशामा संलग्न क. प्रतीक अथवा विवश २०४४ मा समाजमा भएको अन्याय अत्याचारलाई सहन नसकी नेकपा मशालको विद्यार्थी सङ्गठनमा सङ्गठित भई आफ्नो राजनीति जीवनको सुरुवात गर्नुभएको थियो । त्यसबखत उहाँ गाउँका जालीफटाहा मुखिया जिम्मुवालको गलत क्रियाकलापको विरोधी अभियानमा लाग्नुभयो । शिक्षक पेसामा संलग्न हुँदा उहाँ प्रगतिशील र अग्रगामी शिक्षकलाई सङ्गठित गर्दै हुनुहुन्थ्यो । सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय हुनुभएका योगी डिप्लो पास गरी रास्कोट माविमा शिक्षण पेशामा लाग्नुभयो । २०४६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदल स्थापना भइसक्दा पनि अन्याय अत्याचारको अत्य हुन नसक्दा २०५२ सालमा महान् जनयुद्धको शङ्खघोषसँगै उहाँ शिक्षक पेसामा संलग्न भएर पनि २०५२ साल देखि अर्धभूमिगत रूपमा जनयुद्धमा सक्रिय रही रास्कोट क्षेत्रमा जनयुद्धको गुणात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्नुभयो । जनयुद्धको शङ्ङ्खघोष, उहाँहरूको समर्पणबाट आतङ्कित भै संसदवादका अगाडि आत्मसर्पण गरी जनयुद्धलाई कमजोर गर्ने पार्टीभित्रको दक्षिणपन्थी, आत्मसर्पणवादका विरूद्ध विजय हासिल गरी जनयुद्धको रक्षा र विकास गर्न महत्वपूर्ण ठुलो योगदान गयो । अखिल नेपाल शिक्षक सङ्गठनलाई मजबुत गरेर लैजाने सवालमा वर्गबैरीले उहाँलाई मानसिक र शारीरिक यातना समेत दिए ।
२०५४ कात्तिक १५ गते पूर्णकालीन भई आफ्नो सम्पूर्ण जीवन देश र जनताको लागि लगाउने योजनामा लाग्नुभएका योगी भूमिकाको हिसाबले राजनीति रूपले पार्टी सदस्य एसीएम हुँदै कालिकोट अछाम बाजुराको जिल्ला पार्टी सचिवालय सदस्य, कर्णाली राष्ट्रिय मुक्ति मोर्चाको संयोजक र अखिल नेपाल शिक्षक सङ्गठनको भेरी–कर्णाली राज्य समिति सदस्य हुनुहुन्थ्यो । पार्टीभित्र एक कुशल तथा सक्षम लिडर विश्वनाथ योगी आफु मात्र होइन, सिङ्गो आफ्नो परिवार समेतलाई राजनीतिकरण गरी बलिदानीको हकमा उहाँकी भतिजी राधिका योगीले समेत सहादत प्राप्त गर्नुभएको छ । राजनीति रूपले मात्र होइन, फौजी रूपमा पनि कोटबाडा साना किसान बैङक कब्जादेखि कालिकोट सान्निघाट, कोटबाडा रेडमा समेत ऐतिहासिक भूमिका समेत निर्वाह गरिसक्नुभएका विश्वनाथ योगी त्यतिञ्जेल जनताको आँखाको नानी र दुश्मनको कसिङ्गर बनिसक्नुभएको थियो ।
तत्कालीन जिल्ला पार्टी सचिवालय सदस्य तथा बाजुरा जिल्लामा एरिया इन्चार्ज हुँदै २ नं एरिया इन्चार्जको भूमिका खेल्दै जनता जगाउँदै र क्रान्ति अघि बढाउँदै हिँड्नुभएका विश्वनाथ योगी २०५७ पुस २७ गते फुकोट थोल्ममा क्रान्तिकारी शिक्षकहरूको एरिया भेलामा जुटिरहेको बेला प्रतिक्रियावादीहरूको जुठोपुरो चाटिरहेका सिआइडीद्वारा उहाँ त्यहाँ भएको सिकायत भयो । स्युना प्रहरी चौकीबाट आएको हत्यारो कमान्डो दस्ताद्वारा सेल्टर घेरा हाली उहाँ लगायत कैयौं क्रान्तिकारीहरूलाई भिरमा लखेट्ने काम भयो । दुश्मनले लखेट्दै जाँदा आफु मरेर संसार हँसाउने र पार्टी र क्रान्ति जोगाउने वीर तथा महान् कमरेड विश्वनाथ योगी अन्य सबै साथीलाई सुरक्षित गरेर निडरताका साथ दुश्मनको स्थिति बुझ्दै हिँड्ने क्रममा फुकोटको दोभान फुग्गाड भन्ने डरलाग्दो भीरमा प्रतिक्रियावादी भाडाका सिपाहीहरूले ठाउँ ठाउँमा गोली हानेर २ जना सहकर्मीका साथमा उहाँको हत्या गरियो । आफु ढल्नुभयो तर दुश्मनसँग झुक्नुभएन कमरेड विश्वनाथ योगी लालसलाम !
को हुन त ? सहिद पुष्पराज न्यौपाने (इन्द्रजित’
कालिकोट जिल्ला फुकोट गाविस वडा नं २ चुत्रिकोटमा बुबा अमनाथ न्यौपाने र आमा अबिसरा न्यौपानेको कोखबाट २०३० फागुन १ गते जन्मिनुभएका क. इन्द्रजित नेपाली क्रान्तिका एक अमूल्य प्रतिनिधि हुनुहुन्छ । उहाँको बाल्यकाल आमा बुबाको न्यानो मायामा हुर्किनु भयो । ६ दिदी बहिनी र दुई भाइमध्ये माइलो सन्तान पुष्पराज न्यौपाने स्वाभावका हिसाबले अत्यन्त गम्भीर, हसिलो र मिलनसार हुनुहुन्थ्यो । शैक्षिक हिसाबले प्राविको अध्ययन आफ्नै गाउँ तल्कोटमा गर्नुभएका न्यौपाने निमावि तहको शिक्षा फुकोट डुग्रीडाँडा र मावि तहको शिक्षा बडीमालीका रास्कोट स्युनाबाट गरी सब ओभरसियरको अध्ययन कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट गर्नुभयो ।
२०४८ बाट नेकपा एकता केन्द्रमा आबद्ध भई प्रगतिशील राजनीतिमा लाग्नुभएका पुष्पराज न्यौपाने २०४९ मा नवज्योति युवा क्लब फुकोटका अध्यक्ष, २०५२ मा माओवादी समर्थक, २०५४ मा पार्टी सदस्यता प्राप्त गरी देशमा सञ्चालित महान् जनयुद्ध जनताको मुक्तिको एक मात्र विकल्प ठहरÞ्याई सल्यान जिल्ला जिविसमा खाइरहेको जागिर समेत परित्याग गरी उहाँ पूर्णकालीन हुनुभयो ।
सचेत चेतना र क्रान्तिकारी समर्पणका कारण आफ्नो राजनीति जीवनको छोटै अवधिमा एक कुशल नेतृत्वको रूपमा विकास गराउन सफल पुष्पराज न्यौपाने २०५५ मा पार्टी एरिया सेक्रेटरीको जिम्मेवारी लिई ढिडो र सातुसँग जीवन साट्दै एक विकट जिल्ला बाजुरामा क्रान्तिको उठान गर्न जानुभयो । त्यसपछि २०५६ मा कालिकोट÷अछाम ÷ बाजुरा जिल्ला समिति सदस्य मनोनित हुनुभयो । २०५७ मा जिल्ला समिति सचिवालय सदस्य तथा सोही क्षेत्रको इन्चार्जको गौरवशाली पदभार सम्हाल्नुभयो ।
२०५७ पुस २७ गते आफ्नै गाउँ थोल्ममा शिक्षकको एरिया भेलामा सहभागी भइरहेको बेला स्थानीय सिआइडीको ईशारामा पीछा गर्दै स्युना मौलाकोट प्रहरी चौकीबाट आएको हत्यारो प्रहरीले सेल्टरबाट लखेटी गोली हानी घाइते गरेपछि फुक्गाडको दोभानमा कब्जा गरी चरम यातना दिई ठाउँ ठाउँमा गोली हानेर २ जना सहकर्मी प्रतीक अथवा विवश र मदनको साथमा हाँसी हाँसी उच्च मृत्युवरण गर्नुभयो । हाल उहाँका श्रीमती विरिन्दा न्यौपानेका साथमा २ छोरा गोकुलराज न्यौपाने र मनोज कुमार न्यौपाने हुनुहुन्छ । सहिद इन्द्रजित अमर हुनु भयो । उहाँलाई लालसलाम ! (सहिद गाथाबाट)