२८ पुस, दैलेख । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनममा भाग लिन विप्लव नेतृत्वको माओवादी नेताहरुले पहिलो पटक उम्मेदवारी घोषणा गर्न थालेका छन ।
दैलेख जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ बाट माओवादी केन्द्रीय सदस्य रामलाल विश्वकर्मा र क्षेत्र नम्वर २ बाट माओवादी केन्द्रीय सदस्य कलम सिहंंको उम्मेदवारी सिफारिस भएको छ ।
उहाँहरु दुवै नेताहरु जनयुद्धदेखि निरन्तर देश र जनताको मुक्तिको लागि संघर्षको मैदानमा रहनु भएको छ । २०६९ सालमा मोहन बैद्यको नेतृत्वमा प्रचण्डबाट विभाजन भएको माओवादी विप्लवको नेतृत्वमा २०७१ साल मंसिर ८ गते बैद्यसंग समेत अलगभई पूर्नगठन भएको थियो ।
प्रचण्डबाट विभाजन भएदेखि विप्लव लगातार संंसदीय तथा स्थानीय चुनाव वहिष्कार गर्दै आउनु भएको थियो । तत्कालिन विप्लव नेतृत्वको नेकपाले २०७९ सालको स्थानीय चुनाव भने प्रयोग गर्ने नीति लिएको थियो ।
माओवादीले यतिवेला आगामी हुने संसदीय निर्वाचन प्रयोग गर्ने नीति लिएपछि माओवादी नेता रामलाल र कलमले दैलेख जिल्लाको दुवै क्षेत्रबाट निर्वाचन लड्ने निर्णय गर्नु भएको हो ।
उहाँहरु भ्रष्टाचार विरोधी,एमसीसी विरोधी,विदेशी हस्तक्षेप विरोधी स्वाभिमान र राष्ट्रवादी नेता हुनु हुन्छ । जनयुद्धको बेला कैयौ मृत्युहरुलाई जितेर आउनु भएका नेताहरुलाई एकपटक दैलेखवासी जनताको लागि परिक्षण गर्ने अवसर प्रदान भएको छ । जिल्लावासीहरुले जनताको वास्तविक प्रतिनिधि नेताको रुपमा पहिचान गर्दै उहाँहरुलाई गुफाव चुनाव चिन्हमा मतदान दिने अपेक्षा गरिएको छ ।
को हुन कलम सिंह ? मतदान किन ?

कलम सिहंं एउटा जुझारु क्रान्तिकारी तथा समाजसेवी नेता हुनुहुन्छ । उहाँको जन्म वि.सं. २०३७ साल वैशाख ९ गते दैलेख जिल्लाको साविक सात्ताला गाविस (हाल आठबिस नगरपालिका–१) मा भएको हो । उहाँका बुबा रत्ने कामी र आमा कोईली कामी हुनुहुन्छ । कोईलीको दोस्रो सन्तानको रूपमा जन्मनु भएको हो । सानै उमेरदेखी विद्रोही स्वभावका रहनु भएका कलम कुनै पनि अन्याय अत्याचारको विरोध गर्नु हुन्थ्यो । जसले गर्दा उहाँ सानै उमेरदेखि माओवादी जनयुद्धको सहयोगी बन्नु भयो । उहाँको राजनीतिक सुरुवात वि.सं. २०५२ सालदेखि भएको हो । त्यतिवेला उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध हुनुभयो । २०५४ सालमा एमाले विभाजन भएपछि उहाँ नेकपा (माले) मा जोडिनु भयो । उहाँ गरिवीका कारण भारतमा मजदुरीको लागि गएका बेला वि.सं. २०५७ सालदेखि उतै माओवादी संंगठनमा जोडिनु भयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादीको भ्रातृ संगठन अखिल भारतीय नेपाली एकता समाजमा आबद्ध हुनु भयो । उहाँले संंगठन निर्माण र सुदृढीकरण अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । २०५७ देखि २०६२ सालसम्म प्रवास संंगठनमा विभिन्न जिम्मेवारी बहन गर्दै संंघर्षशील राजनीतिक जीवन विताउनु भयो ।
नेता कलम वि.सं. २०६३ साल जेठ महिनामा प्रवासको टिमसहित स्वदेश फर्किनु भयो । नेपालमा आएपछि उहाँ जनमुक्ति सेना नेपालमा भर्ना हुनु भयो । उहाँ पाँचौँ डिभिजनअन्तर्गत कम्पनी कमिसार को जिम्मेवारीमा समेत पुग्नु भयो ।
शान्ति प्रक्रिया सुरु भएपछि उहाँ दैलेख जिल्लामा राजनीतिक कार्यकर्ताको रुपमा फर्किनु भयो । वि.सं. २०६४ साल माघ २० गते नेपाल कम्युनिष्ट पार्टी माओवादी दैलेख जिल्ला सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्नु भयो । उहाँले निरन्तर पार्टी संगठन र जनसम्बन्ध विस्तारमा योगदान दिनुभयो । उहाँ २०७९मा जिल्ला सहसचिव हुँदै जिल्ला सचिवको जिम्मेवारीमा रहनुभयो । संंघर्षशील नेताको परिचय दिनु भएका कलम हाल नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय समिति सदस्य तथा दैलेख जिल्ला इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।
राजनीतिक गतिविधिसँगै सामाजिक सेवाका कामहरुमा समेत उहाँ सक्रिय रहनु हुन्थ्यो । उहाँले भूकम्प, वाढी पहिरो ,कोरोना लगायतका विपत्तिका बेला धेरै सामाजिक रुपमा सहयोग गर्नु भएको छ । कलमको पहलमा दैलेख जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका जनजीवनसँग सम्बन्धित विभिन्न कामहरू सञ्चालन भएका छन् । कोरोना महामारीको कठिन समयमा उहाँले कोरोना पीडित जनताकालागि मास्क र सेनिटाइजर वितरण गर्नुभएको थियो । साथै दैलेख जिल्लाका बाढीपीडित जनतालाई ठाँटीकाँधको गैरेगाउँ, आठविसको सातला र चामुण्डाका वस्तीहरुमा राहत वितरण समेत गर्नु भएको थियो । उहाँको यो कार्य निकै महत्वपूर्ण छ । जाजरकोट भूकम्पका बेला पीडितका लागि राहत संकलन र उद्दार कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।
उहाँले वि.सं.२०७२ सालको विनाशकारी भूकम्पपछि लमजुङ्ग जिल्लामा पीडितहरूको घर निर्माण कार्यमा सहयोगी भूमिका निर्वाह गर्नु भएको छ । उहाँले अन्तरजिल्ला पनि समाजसेवा गर्दै मानवीय एकताको उदाहरण प्रस्तुत गर्नु भएको छ ।
उहाँले हालपनि चिनेजिउला क्षेत्रमा उत्पादनमूलक कार्य गरिरहनु भएको छ । उहाँले जिल्लामा राजनीतिक चेतना र आर्थिक आत्मनिर्भरताको सन्देश प्रवाह गरिरहनुभएको छ ।
दीर्घकालीन संघर्ष, संगठन निर्माण र जनसेवाको यात्रासहित कलमको योगदान महत्वपूर्ण छ । उहाँले दैलेखको राजनीतिक तथा सामाजिक क्षेत्रमा एक सक्रिय, अनुभवी तथा प्रतिबद्ध नेतृत्वका भूमिका खेलिरहनु भएको छ । त्यसैले पनि दैलेखी जनताले उहाँलाई अत्यधिक मत दिने विश्वास गरिएको छ ।