२८ पुस, नवलपुर । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य आजाद सीले अहिले सुखी नेपाली समृद्ध नेपाल नभई दुखी नेपाली कंगाल नेपाल भएको टिप्पणी गर्नु भएको छ ।
नेकपा माओवादीले संचालन गरेको समाजवादी युवा जागरण अभियानका क्रममा आईतवार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता आजादले अहिले सुखी नेपाली समृद्ध नेपाल नभई दुखी नेपाली कंगाल नेपाल भएको टिप्पणी गर्नु भएको हो ।
उहाँले देशमा भ्रष्चार गरेर देशको ढुकुटी सक्ने नेताहरुले देशलाई दुखी र कंगाल बनाएकाले जेनजी विद्रोह भएको दाबी गर्नु भयो ।
जेनजी आन्दोलनको माग अनुसार सरकार नबनेको र जेनजी आन्दोलनलाई विदेशीले अपहरण गरेको जिकिर गर्नु भयो ।
उहाँले नेपालमा सुखी नेपाली र समृद्ध नेपाल हुनको लागि पहिलो आधार आत्मनिर्भर हुदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु पर्ने ठोकुवा गर्नु भयो ।
‘नेपालमा एमसीसी पास गरेर विदेशीको दलाल र कठपुतली भएर सुखी नेपाली र समृद्ध नेपाल हुन सक्दैन, नेपाल पराधीन छ, विदेशीको हस्तक्षेप बढिरहेको छ’ उहाँले भन्नु भयो,‘अहिलेको सरकार विदेशीको कठपुतली हो । यो सरकारको खारेजी विना नेपालमा सर्वपक्षीय सरकार विना र आत्मनिर्भर उत्पादन विना सुखी र समृद्ध नेपाल हुदैन ।’
उहाँले एमसीसीका दलालहरुलाई मतदान नगर्न पनि अपिल गर्नु भयो । नेता आजादले नेपालको संविधानमाथि राखिएको एमसीसी खारेज गरिनु पर्ने भन्दै यो विकासको नाममा विनास गर्न र दास बनाउन ल्याइएको टिप्पणी गर्नु भयो ।
उहाँले यदि दलाल र राष्ट्रघातीहरुलाई जनताले जिताए नेपाल ठुलो दुर्घटनामा पर्ने चेतावनी दिदै माओवादी संघर्षमा जान बाध्य हुने बताउनु भयो ।
नेता आजादले नयाँको नाममा जनतालाई भ्रम दिन आएका रवी वालेनहरु अमेरिकाका अस्सली कठपुतली भएको भन्दै उनीहरुलाई भोट नदिन जनतालाई आग्रह गर्नु भयो ।
उहाँले देश रहने वा नरहने अवस्थामा पुगेको भन्दै देश बचाउन सबै राष्ट्रवादी,प्रगतिशील र क्रान्तिकारीहरुलाई एकताबद्ध हुन आह्वान गर्नु भयो ।
