विभिन्न ४५ वटा कार्यक्रम गरी पश्चिमबाट सुरु ‘समाजवादी जागरण अभियान’ समापन

३० पुस, हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले कञ्चनपुरबाट सुरु गरेको समाजवादी जागरण अभियान तराईका विभिन्न ११ जिल्लाका विभिन्न ४५ ठाउँमा कार्यक्रम गरी समापन भएको छ ।

अभियानले लाखौ जनतालाई राष्ट्रिय स्वाधीनताको रक्षा र समाजवादका वारेमा सू–सुचित गर्दै समापन भएको हो ।

अभिायन टिमले पार्टीको तर्फबाट सरकारलाई बुझाएका १३ बुँदे मागहरु कार्यान्वयनका लागि सरकारलाई व्यापक जनदबाव सृजना गरेको छ ।

मंगलबार साँझ मकवानपुरको हटौडामा पुगेको समाजवादी जागरण अभियानले बुधवार विहान हटौडामा पत्रकार सम्मेलन गरेको छ भने दिउसो बुद्धचोकमा अन्तीम सभा गरेको छ ।

हेटौडाको अन्तीम सभासंगै अभियान टिमले आफ्नो पहिलो चरणको अभियानको लक्ष्य पुरा भएको र अभियान सफल भएको निश्कर्ष निकाल्दै अभियान समापन भएको घोषणा गरेको हो ।

पुस २० गते कञ्चनपुरको पूर्नवास हुदै महेन्द्रनगरबाट अभियानको सुरु भएको थियो । अभियानका क्रममा कञ्चनपुरमा –५, कैलालीमा –४, बर्दियामा –२, बाँकेमा –२, दाङमा –५, कपिलवस्तुमा– ४, रुपन्देहीमा –४, नवलपरासी पश्चिममा –६, नवलपुरमा –६, चितवनमा –४, र मकवानपुरमा –२ गरी जम्मा ४५ ठाउँमा कार्यक्रम भएका छन ।

२० जना सहभागी अभियान टिमका कमाण्डर प्रेम सीले अभियानका क्रममा ४० वटा कोणसभा, ४ वटा पत्रकार सम्मेलन र एउटा केन्द्रीय कार्यालय सरसफाई गरी ४५ वटा कार्यक्रम गरेको जानकारी दिनु भयो ।

उहाँले अभियान निकै फलदायी र उपलव्धीमूलक भएको दाबी गर्दै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाखौ जनतासम्म पार्टीको विचार र दृष्टिकोण पुर्याएको दाबी गर्नु भयो ।

अभियान टिमका कमाण्डर प्रेमले हेटौडाको समापन समारोह कार्यक्रमलाई सम्वोधन गर्दै अहिलेको राजनीतिक संकटको अग्रगामी निकास विप्लव नेतृत्वको नेकपा (माओवादी)ले अघि सारेको १३ बुँदे मागबाट मात्र सम्भव हुने दाबी गर्नु भयो ।

नेकपा (माओवादी)ले गत पुस ९ गते राष्ट्रपति रामचन्द्र पौडेल मार्फत सरकारलाई सर्वपक्षीय सरकार गठन, भ्रष्टाचारीलाई सर्वस्व सहित जन्मकैद, संविधानको पूर्नलेखन लगायतका १३ बुँदे मागहरु राखेर १० दिनको अल्टिमेटम दिदै ज्ञापनपत्र बुझाएको थियो ।

सरकारले अल्टिमेटमको समयसम्म कुनै चासो नदिएपछि नेकपा (मााओवादी)ले पुस २० गतेबाट देशको तीन ठाउँ पूर्व,वागमती प्रदेश र पश्चिमबाट एकैसाथ ‘समाजादी जागरण अभियान’ संचालन गरेको थियो । पूर्व र वागमती प्रदेशमा संचालित अभियान पनि बुधवार नै समापन भएका छन । माओवादीले यो अभियान सडक संघर्षको पहिलो चरणको मोर्चा भएको बताएको छ ।

अभियान टिमका कमाण्डर प्रेम सीले हेटौडामा भएको पत्रकार सम्मेलनमा यदि सरकार आफ्ना मागहरुप्रति फेरी पनि गम्भीर नभए दोस्रो चरणको जनसंघर्षको अभियान चलाउन गर्न बाध्य हुने चेतावनी दिनु भयो ।
उहाँले सरकार विदेशीको कठपुतली भएको जिकिर गर्दै यो सरकारले निश्पक्ष निर्वाचन गराउन नसक्ने आसंका व्यक्त गर्नु भयो ।

नेता प्रेमले आफ्नो पार्टी निर्वाचन भईहाल्ने अवस्था भए गुलाफ चुनाब चिन्हका साथ निर्वाचनको मोर्चालाई समेत प्रयोग गर्ने बताउनु भयो । उहाँले माओवादीले संघर्षको रुपमा चुनाव प्रयोग गरी समाजवादका लागि दबाव दिने विचार व्यक्त गर्नु भयो ।

अभियान टिमका कमाण्डर प्रेमले अभियानको लक्ष्य असाधारण रुपमा पुरा गरेको दाबी गर्दै सहयोग गर्ने सबै जिल्ला पार्टी र अभियानकर्मीहरुलाई हार्दिक धन्यवाद समेत दिनु भयो । बुद्धचोकको सभामा पार्टी केन्द्रीय सदस्य राजकुमारी सी, वाटर सीले पनि बोल्नु भएको थियो ।

प्रेम सीको कमाण्डमा संचालित अभियान टिममा सदस्यका रुपमा कपिल सी, कलम सी, हिमशिखर सी, धुव्र सी, राजकुमारी सी, विराट सी, भिष्म सी, भिमसेन सी, प्रकाश सी, बसन्त सी, मिनेश सी, हरी सी, जीवनी सी,विश्लेषण सी,पवित्रा सी, बबरसिंह सी,बामबहादुर सी, सन्दीप सी र पृथ्वी सीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस