हुम्लाका नेता महिन्द्र पाण्डे रास्वपा परित्याग गरी विप्लवमा प्रवेश

१६ माघ, काठमाडौं । हुम्लाका नेता महिन्द्र पाण्डे रास्वपा परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा प्रवेश गर्नु भएको छ । बुधवार एक कार्यक्रममा उहाँलाई महासचिव विप्लवले स्वागत गर्दै पार्टीमा प्रवेश गराउनु भएको हो ।
नेता पाण्डेले रास्वपा विदेशीको इसारामा चलेको पार्टी भएको भन्दै आफु माओवादीमा प्रवेश गरेको बताउनु भएको छ । पार्टी महासचिव विप्लवले उहाँको प्रवेशले संगठन सुदृढीकरणमा योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
यसैविच सल्यानको कुमाख गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सदस्य तथा समर्थक उमेश रानाले रास्वपा परित्याग गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपा माओवादीलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस