महेन्द्रलाई पूर्वजनमुक्ति सेना योगीको प्रश्न ‘छर्रा लागेको भनेर कति सावाँ व्याज असुल गर्नुपर्ने हो ?’

२६ माघ, कालिकोट । एकजना पूर्वजनमुक्ति सेनाका योद्धाले पूर्व जनमुक्ति सेनाका कमाण्डर महेन्द्रबहादुर शाहीलाई छर्रा लागेको भनेर कति पटक साँवा व्याज असुल गर्नुपर्ने हो ? भनि प्रश्न गरेका छन ।
महेन्द्र शाहीले आफ्नो शरिरमा छर्रा लागेको,घाईते भएको र प्रकाण्डको शरिरमा छर्रा पनि नलागेको भनेर अभिव्यक्ति दिएपछि संगै लडेका र घाईते का एकजना पूर्वजनमुक्ति सेनाका योद्धाले महेन्द्र शाहीलाई छर्रा लागेको भनेर कति पटक साँवा व्याज असुल गर्नुपर्ने हो ? भनि प्रश्न गरेका हुन ।
पूर्व जनमुक्ति सेना नेपालका योद्धा विचार योगीले सोमबार आफ्नो फेसबुकवालमा महेन्द्रको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउदै आफूपनि घाँटीमा गोली लागेर घाईते भएकोले मुख्यमन्त्री बनाउन चुनौती दिएका छन ।
उनले लेखेका छन ‘कालिकोटबाट युद्ध लडेर घाइते अपाङ्ग भएको महेन्द्र शाहीको साँवा ब्याज अझसम्म पुगेन ? र उहाँलाई मात्रै मान्नपर्ने ? उहाँको भनाइको आधारमा हो है । यो लेखेको किन लेखेको हो भन्दा मैले छर्रा खाए म घाइते अपाङ्ग हुँ। भनेर उहाँले भाषण गर्नुभएको छ । महान जनयुद्धमा एउटा भुई मान्छे भएर घाँटीमा गोली राखेर अहिलेसम्म पनि हामी सेक्युरिटी गार्ड गरिरहेका छौं । त अब बाँकी हामीलाई मुख्यमन्त्री बनाइदिने हो महेन्द्रबहादुर शाही ? १७००० मान्छेले जीवनको आहुति दिए कतिलाई मुख्यमन्त्री बनाउने हो ? हामीलाई कमिटेड गर्दा युद्धको व्याज खान मिल्दैन भनेर भन्छन् त नेताहरु । महेन्द्र शाहीले कति साँवा र कति ब्याज असुल गर्नुपर्ने हो ? छर्राको महेन्द्र शाहीको यो भनाइप्रति मेरो पार्टीको भएपनि मेरो आपत्ति छ ।’
उनले आफु पनि गोरु चराउन गएर गोली नखाएको भन्दै महेन्द्र शाही मुख्यमन्त्री हुदा आफूलाई वडा सदस्यसम्म पनि किन नबनाएको भन्दै दुखेसो पोखेका छन ।
उनले आफु नेपाली कम्युनिष्ट पार्टीमा भएपनि युद्ध र क्रान्तिको कुरा गर्दा प्रकाण्ड बरावर योगदान महेन्द्रको हुन नसक्ने दाबी गर्दै प्रकाण्ड धेरै अगाडि भएको ठोकुवा गरेका छन ।
‘महेन्द्र शाहीको कति घरपरिवारहरू सहिद भएका छन् त, प्रकाण्डको सारा परिवार युद्ध क्षेत्रमा ज्यान गुमाएर महान सहिद भएर गएका छन् । ती सहिदहरूको सपना साकार पार्न यतिबेला प्रकाण्डलाई गुलाब चिन्हमा छाप लगाउनुपर्छ’ उनले लेखेका छन ।
उनले आफ्नो पार्टीको चिन्ह गुलाफ नभएपनि तर महेन्द्र शाहीको भाषणले गर्दा आफूले यसो भन्न वाध्य भएको टिप्पणी गरेका छन ।
उनले स्टाटसको अन्तमा भनेका छन ‘हजुरहरूको धारणा के छ ? यो अध्ययन गरेर कमेन्ट गर्नुहोला हामीले युद्ध लडेर नै सेक्युरिटी गर्नुपर्ने ? हाम्रो घाँटीमा पनि गोली छ हेर्नुस् । हाम्रो अवस्था यही बर्दी लगाएर बसिराखेका छौं अहिले पनि भारतमा’ उनी अहिले रोजगारीको शिलशिलामा भारतमा रहेका छन ।

यस्तो छ उनको स्टाटस ।

प्रतिक्रिया दिनुहोस