२८,माघ, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा प्रत्यक्षतर्फका उम्मेदवार खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सीले पूर्वी कालिकोटमा जनभेटघाट अभियान तिव्र पार्नु भएको छ । खाँडाचक्रबाट सुरु भएको अभियान मंगलवार छाप्रे पुगेको हो ।
छाप्रेका स्थानीय जनताले बाजा गाजा सहित प्रवक्ता प्रकाण्डलाई भव्य स्वागत गरेका छन । पाखाका स्थानीय जनताले पनि भव्य स्वागत गरेका छन । जनताले ठाउँ– ठाउँमा न्यानो स्वागत गर्दै यसपालिको भोट गुलाफमा दिने बताएका हुन । छाप्रेमा र्याली सहित निकालीको स्वागत कार्यक्रममा नेकपा माओवादी जिन्दावाद, भोट के मा गुलाफमा, वीर सहिद लालसलाम, एकीकृत जनक्रान्ति जिन्दावाद, भ्रष्ट र दलालहरु मुर्दावाद लगायतका नारावाजी गरेका छन ।
स्थानीय जनताले कालिकोटमा जनताको लागि ठुलो त्याग गरेको नेता प्रकाण्ड वाहेक अरु कोही नभएको बताएका छन ।
देशको निकै फरक परिवेशमा १८ बर्षपछि प्रकाण्ड चुनावमा आएको भन्दै विजय गराएरै छोड्ने बताएका छन । स्थानीयहरुले भ्रष्ट र दलालहरुलाई कुनै पनि हालतमा भोट नदिने पनि ठोकुवा गरेका छन ।
स्थानीय जनताले प्रकाण्ड वाहेक कसैलाई जिताएमा सयौ बर्ष कालिकोट पछाडि पर्ने पनि बताएका छन ।
नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले स्वागतपछिको कार्यक्रममा बोल्दै विगतका चुनाव भन्दा यतिवेलाको चुनाव निकै फरक भएको भन्दै जनताको पार्टी र नेतालाई जिताउन अपिल गर्नु भएको छ ।
उहाँले माओवादी छोडेर भाग्नेहरुले जनतालाई धेरै भ्रम फैलाएको टिप्पणी गर्दै माओवादी नीति र सिद्धान्त छोडेर जाने विचलनकारीहरुको भ्रममा नपर्न आग्रह गर्नु भयो ।
आफूमन्त्री हुदा जिल्लामा कर्णाली करिडोर र खुलालुको पुलको स्वीकृत गराउदै विकासको सुरुवात गराएको पनि जिकिर गर्नु भयो ।



