पूर्वी कालिकोटको चुनावी अभियान ‘गुलाफमय’ बन्दै

२८ माघ, कालिकोट । नेकपा (माओवादी)ले चलाएको चुनावी अभियान पूर्वी कालिकोटमा गुलाफमय बन्दै गएको छ । नेकपा माओवादीका प्रवक्ता तथा प्रत्यक्षतर्फका उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)प्रति पूर्वी कालिकोटमा बृद्धदेखि युवा युवतीको तिव्र आकर्षणले गुलाफमय बन्दै गएको हो ।
उनीहरुले हात –हातमा गुलाफको फुल बोकेर प्रकाण्डलाई जिताउने अभिायानमा न्यानो स्वागत गरिरहेका छन ।

बृद्धदेखि बच्चा र महिलादेखि युवा युवतीहरुले हात –हातमा गुलाफको फुल बोकेर भोट के मा गुलाफमा, नेकपा माओवादी जिन्दाबाद जस्ता नाराहरु लगाईरहेका छन ।

चुनावी अभियानका क्रममा हालपूर्वी कालिकोटमा रहनु भएका प्रकाण्डप्रति मान्म, ताडी,दाँहा, पाखा, छाप्रे र जुविथाका जनता, सहिद परिवार, पुराना इमान्दार माओवादी कार्यकर्ता, घाईते योद्धा वृद्धदेखि बच्चा र महिलादेखि युवा युवतीहरुले सहयोग गर्ने बचन दिएका छन ।

स्थानीय जनताले आफ्नै घर आँगन र चुलो चौकोमा प्रकाण्डलाई उपलव्ध मिठो मसिनो खाना खुवाउदै आफु सुत्ने विस्तरामा समेत सुताएका छन ।

यसले जनयुद्धकालिन स्मरण पनि गराएको छ । जनयुद्धको बेला जनताले आफ्नै विस्तरामा सुताउने गरेका थिए । जनयुद्धमा घरमा निस्केको सिस्नोको साग र भात रोटी जनताले खुलाउने गरेका थिए । यतिवेला त्यस्तै परिदृष्य पूर्वी कालिकोटमा देखिएको छ ।

जनताको न्यानो माया र स्वागतले प्रकाण्ड कालिकोटे जनताको मनमस्तिष्कमा स्थापित नेताको रुपमा देखिएका छन । स्थानीय जनताले कालिकोटमा माओवादी आन्दोलन र जनयुद्धको संस्थापक नेता आफ्नो घर आगनमा पुगेको भन्दै निकै खुसी व्यक्त गरेका छन ।

स्थानीयहरुले प्रकाण्डलाई ठाउँ –ठाउँमा बाजा गाजा, फुलमाला, अविर र खादा लगाएर भव्य स्वागत गरेका छन ।

यो कुनै दवाव र रबाफ होईन । जनतामा स्वस्फूर्त देखिको आकर्षण हो । यसले कालिाकोटको जनताले फेरी पनि प्रकाण्डका्े अभिभाकत्व खोजेको देखिएको छ ।

केही समय यहाँ अभिभावक विहिन जस्तो हुदा जिल्लामा कमिशन भ्रष्टाचार र अनियमिताका काण्डहरुले जिल्लावासीहरु वाक्क भएका छन ।

सधै भ्रष्ट र कमिशनखोरहरुलाई चाहेर वा नचाहेर भोट दिनुको पीडा समेत प्रकाण्ड सामु जनताले पोखेका छन ।

प्रकाण्डले अभियानका क्रममा जनताको पार्टी नहुदा जनतामाथि अन्याय हुने गरेको बताउनु भएको छ । उहाँले अब कालिकोटमा जनतामाथि अन्याय अत्याचार गर्ने, भ्रष्टाचार गर्ने र कमिशनखाने तत्व खरानी हुने पनि बताउनु भएको छ ।

उहाँले नेपालमा माओवादी पार्टी सिध्याउने साम्राज्यवादी डिजाईन असफल भएको तर्क गर्नु भएको छ । प्रचण्डहरुले माओवादी पार्टीको पहिचान र जनयुद्धको उपलब्धी सिध्याएपनि विप्लवको नेतृत्वमा माओवादी पार्टी बचाएको र जनयुद्धको सपना पुरा गर्ने बाटोमा आफूहरु लागेको प्रकाण्डको दाबी छ ।

स्थानीय जनताले माओवादी पार्टी जोगाएकोमा प्रकाण्डलाई धन्यवाद पनि दिएका छन । यसले गर्दा पनि बच्चादेखि बृद्ध,महिलादेखि युवा युवतीसम्म तिव्र आकर्षण देखिएको हो ।

उनीहरुले गुलाफको फुललाई यो पटकको निर्वाचनमा माया गर्ने पनि प्रतिबद्धता जनाएका छन । प्रेमको प्रतिकको रुपमा लिने गुलाफको फुललाई जनतासंग जोड्न र जनतालाई प्रेमगर्ने पार्टी नेकपा माओवादी हो भनेर चिनाउन पनि गुलाफको फुल ल्याएर जनताका बिचमा आएको प्रकाण्डले बताउदै हिड्नु भएको छ ।

उहाँले कालिकोटे जनतालाई सबै प्रकारका उत्पीडनबाट मुक्त गरेर जिल्लालाई विकासको समृद्धितिर लिने आफूसंग स्पष्ट विचार र दृष्टिकोण भएको जनताकोबीचमा बताउनु भएको छ ।

जनताले पनि राष्ट्रिय स्तरको नेता कालिकोटले पाएकोमा गर्भ गर्दै भोट दिएर जसरी पनि जिताउने प्रकाण्डका बीचमा बाचा गरेका छन ।

यसले यो पटक कालिकोट जिल्लाबाट गुलाफको फुल उदाउने शुभसंकेत देखिएको छ । यो कालिकोटे जनताको जीत मात्र नभएर सिंगो कर्णालीको जित हुने मतदाता तथा बुद्धिजीवीहरुले विश्लेषण गरेका छन ।

प्रतिक्रिया दिनुहोस