यो चुनाव नेपाल नेपालीहरुकै हो भनेर फैसला गर्ने चुनाव होः प्रकाण्ड सी

२९ माघ,कालिकोट । नेकपा माओवादीका प्रवक्ता तथा प्रत्यक्षतर्फका उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले यो चुनाव नेपाल नेपालीहरुकै हो भनेर फैसला गर्ने चुनाव भएको बताउनु भएको छ ।
चुनावी अभियानका क्रममा विहिवार राँचुली र फोईमा भएको कार्यक्रमा बोल्दै यो चुनाव नेपाल नेपालीहरुकै हो भनेर फैसला गर्ने चुनाव भएको बताउनु भएको हो ।
उहाँले साम्राज्यवादीका दलालहरुलाई यो चुनावमा नजिताउन अपिल गर्दै देश बचाउने नेताहरुलाई जिताउन आग्रह गर्नु भयो ।
उहाँले देश साम्राज्यवादीको हातमा जाने कि देश नेपालीहरुकै हातमा रहने भन्ने फैसला गर्ने चुनाव भएकाले आगामी चुनावमा नवदलालहरुले जित्न नहुने र नेपाली जनताले हार्न नहुने बताउनु भयो ।
‘कालिकोटले हार्नु हुदैन, नवदलालका एजेण्डहरुले जित्नु हुदैन, भ्रष्टतत्वले जित्नु हुदैन, कालिकोटले हारेमा कर्णालीले हार्ने छ र कर्णालीले हारेमा देशले हार्ने छ, महिला र उत्पीडित समुदायाले जसरी पनि जित्नु पर्छ’ प्रकाण्डले भन्नु भयो ।
उहाँले आगामी चुनावमा सहि फैसला गर्न आग्रह गर्दै चुनावमा जनताका नेताले हारे धेरै दुख पाउने अवस्था आउने बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले पहिलो संविधान सभाबाट साम्राज्यवादी र पुराना प्रतिक्रियावादीहरुले जनताको संविधान बनाउन नदिएको पनि जिकिर गर्नु भयो ।
उहाँले संविधान सभाको घाँटी रेटेर हत्या गरिएपछि माओवादीले जनसंघर्षको बाटोमा जानुपर्ने भएकाले आफूहरु संघर्षमा गएको बताउनु भयो ।
‘संविधान जनताको बनाउन नदिएपछि काठमाडौमा संघर्षको मोर्चा चलाउनु पर्ने भयो, म जिल्लामा आउन सकिन, राष्ट्रिय र अन्तराष्ट्रिय षड्यन्त्रका विरुद्ध लड्नु पर्यो’ प्रबक्ता प्रकाण्डले भन्नु भयो, ‘दोस्रो संविधान सभाबाट जनताको संविधान बन्न सकेन, राजतन्त्र हटेपनि गणतन्त्र जनताको भएन, जनता सासनमा आएनन् र जनताले दुख पाउनु पर्यो,दलालहरुको गणतन्त्र भयो ।’
उहाँले गणतन्त्रको नाममा केन्द्रदेखी गाउँसम्म दलालहरुको चुरीफुरी भएको बताउनु भयो । उहाँले अहिलेको चुनाव राष्ट्रको स्वाधीनता बचाउने वा विदेशीहरुको हातमा देश दिने भन्नेमा लडाईको मोर्चा भएको भन्दै स्वाधीनताका लागि जनताको नेतालाई जिताउन अपिल गर्नु भयो ।
जेनजी आन्दोलनले अहिलको संविधान र व्यवस्था असफल भएको तर्क गर्दै उहाँले जनताको व्यवस्थाका लागि समाजवादमा जानु पर्ने बताउनु भयो ।
उहाँले सत्ता र कुर्सीको खेलले गर्दा नेपालका दलहरु असफल भएको तर्क गर्नु भयो । उहाँले एक करोड युवा नेपालका भएपनि करिव ७० देखि ८० हजार युवाहरु विदेश जानु परेको टिप्पणी गर्नु भयो । राज्य आफैले युवाहरुलाई विदेश बेचेर कमिशन खाएर देश कंगाल बनाएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस