महेन्द्रलाई रमेशको प्रश्न ‘के सहिद योद्धा र कोपिला तपाईको भाई हुन’?

२९ माघ, कालिकोट । नेकपा माओवादीका केन्द्रीय सदस्य रमेश सीले नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र शाहीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै के सहिद योद्धा र कोपिला तपाईको भाई हुन ? भनि प्रश्न गर्नु भएको छ ।
उहाँले नेकपा माओवादीको चुनावी अभियानका क्रममा विहिवार राँचुलीमा बोल्दै महेन्द्र शाहीले प्रकाण्डको शरिरमा छर्रा नलागेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै के सहिद योद्धा र कोपिला तपाईको भाई हुन ? भनि प्रश्न गर्नु भएको हो ।
उहाँले जनयुद्धको बेला महेन्द्र र प्रचण्डको घरबाट उहाँका आफन्तहरुले रगत नबगाएको स्मरण गराउदै बरु प्रकाण्डकै घरबाट दुई दुई भाईले रगत बताएको बताउनु भयो ।
कर्णालीकै जनयुद्धको संस्थापक नेतालाई कुनै त्याग नगरेको जस्ता अभिव्यक्ति दिनु महेन्द्रको नालायकपनाको अभियव्यक्ति भएको भन्दै उहाँले यस्ता दलालहरुले होस गरेर बोल्न चुनौती दिनु भयो ।
उहाँले एमसीसीमा हस्ताक्षर गरेर देश बेच्ने,जनयुद्धको सपना बेच्ने, नेपालीलाई भुटानी बनाएर बेच्ने र योजना हालिदिने नाममा २० प्रतिशत कमिशन खाने दलालहरुले धेरै भ्रम नछर्न चेतावनी दिनु भयो ।
‘दलाल भ्रष्टहरुले सहिदको रगतलाई पानीको खोलो बनाएका छन, यो संविधान दलाल भ्रष्टहरुको हो, यसमा हस्ताक्षर पनि दलाल भ्रष्टहरुले गरेका छन,जनताको संविधान बनाउने लडाईमा प्रकाण्डकोे संघर्ष जारी छ’ नेता रमेशले भन्नु भयो, ‘एमसीसी जस्तो राष्ट्रघातमा हस्ताक्षर कोले गर्यो ? एमसीसी विरुद्धको लडाईमा टाउकोमा चोट कसको लाग्यो ? योजना हालिदिने नाममा २० प्रतिशत कमिशन कसले खायो ? यो कुरा जनतालाई राम्रोसंग थाहा छ, दलाल भ्रष्टहरुले धेरै नबोले हुन्छ ।’
‘क्रान्ति र लडाई जारी छ, भ्रष्ट र कमिशनखोरहरुलाई नेपाली जनताले ठीक पार्ने छन, महेन्द्र जस्ता भ्रष्टहरुलाई कालिकोटले जनताले चिन्ने छन, जनताको पक्षमा निरन्तर संघर्ष गरेको नेता प्रकाण्डलाई जनताले चिनेका छन’ उहाँले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस