माओवादी प्रवक्ता प्रकाण्डद्धारा पार्टीले रोपेको स्याउ बगैचाको अनुगमन

२९ माघ, कालिकोट । नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सीेले फोईमा पार्टीले रोपेको स्याउ बगैचाको विहिवार अनुगमन गर्नु भएको छ ।
गतबर्ष माओवादीका महासचिव विप्लव सीको उपस्थितिमा करिब ५ सय बढी स्याउका विरुवा रोपिएको थियो ।
चुनावी भेटभाटका क्रममा फोईमा पुग्नु भएका प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार समेत रहनु भएका प्रवक्ता प्रकाण्डले स्याउ हुर्के नहुर्केकोबारे अनुगमन गर्नु भएको माओवादीले जनाएको छ ।
आत्मनिर्भर उत्पादको कृषि अभियान थालेको माओवादीले जुम्ला र फोईमा गरी करिव २ हजार बढी स्याउका विरुवा रोपेको थियो ।
फोईमा रोपेको स्याउका विरुवाहरु राम्रोसंग हुर्केको भन्दै रेखदेख गर्नेहरुलाई उहाँले धन्यवाद पनि दिनु भयो ।
प्रवक्ता प्रकाण्डले जनतासंगको चुनावी भेटघाटसंगै पार्टीको कृषि उत्पादनको समेत अनुगमन गर्नु निकै उत्साहजन भएको स्थानीयले बताएका छन । स्थानीय जनताले पार्टीको उत्पादन अभियानसंगै चुनावी अभियानलाई पनि साथ दिने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस