कालिकोटको जनता कसैको डर, त्रास,प्रलोभन र भुलभुलैयामा पर्ने जनता होईनः प्रकाण्ड सी

७ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले कालिकोटको जनता कसैको डर, त्रास,प्रलोभन र भुलभुलैयामा पर्ने जनता नभएको बताउनु भएको छ ।
विहिवार शान्नित्रिवेणी गाउँपालिकाको मेहेलमुडीमा आयोजित चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले कालिकोटको जनता कसैको डर, त्रास,प्रलोभन र भुलभुलैयामा पर्ने जनता नभएको बताउनु भएको हो ।
उहाँले जनतालाई रक्सी मासु दिएर भोट किन्ने र दवाव दिएर भोट माग्ने ठाउँबाट कालिकोटको जनता मुक्त हुनुपर्ने बताउनु भयो ।
नेता प्रकाण्डले कालिकोटको चुनावलाई देशभरका जनताले चासोका साथ हेरेको भन्दै यहाँका जनता सामान्य नभएको जिकिर गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘१० बर्षको जनयुद्धमा ठुलो योगदान गर्ने जनता कालिकोटको हो, यहाँका करिव ५ सय जनताका छोरा छोरीहरुले रगत बगाएका छन, प्रतिशतको हिसावले सबै भन्दा बढीले रगत बगाएका छन, हामी सामान्य हौ नसोच्नु होला, डर, त्रास, प्रलोभन र भुलभुलैयामा पर्ने यहाँको जनता होईन, यो संघर्ष गर्ने जनता हो, सहि फैसला गर्नेछ ।’
उहाँले कालिकोटको जनताले सहि फैसला नगरे देशको स्वाधीनता गुम्ने बताउनु भयो । नेता प्रकाण्डले यो चुनावमा जनताको खास्सै उत्साह नभएको भन्दै चुनावलाई अमेरिकी चुनाव बनाउने षड्यन्त्र भईरहेको पनि बताउनु भयो ।
कार्यक्रममा नेकपा (माओवादी)की नेतृ तथा समानुपातिक उम्मेदवार धिरिन्द्रा उपाध्याय (भृकुटी)ले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न र कालिकोटलाई भ्रष्टाचारबाट मुक्त गर्न चुनावमा आएको बताउनु भयो ।
उहाँले विगतमा संविधान बनाउन जनताले पठाएपनि जनताको संविधानका लागि धेरै लडेको तर दलाल र विदेशीहरुले बनाउन नदिएको स्पष्ट पार्नु भयो ।
उहाँले अहिले पनि जनताको संविधान नबनेको जिकिर गर्नु भयो । जनताको संविधान र जनताको व्यवस्था नहुदा जेनजी आन्दोलन भएको भन्दै उहाँले अव जनताको संविधान र व्यवस्था बनाउन क्रान्तिकै एउटा मोर्चाको रुपमा चुनावलाई लिएको बताउनु भयो ।
उहाँले महिला र दलितहरुको अधिकार प्राप्त नभएको भन्दै सवै जनताले एकपटक गुलाफ चिन्हमा मतदान गर्न र महिला, दलित तथा उत्पीडित जनताको अधिकारका लागि आफुहरुलाई जिताउन अपिल गर्नु भयो ।
कार्यक्रममा माओवादीका जिल्ला इन्चार्ज विवेक सी, देशभक्त समाज पार्टीका प्रेम तिरुवा लगायतले पनि बोल्नु भएको थियो । कार्यक्रम सुरु हुनु अघि नेता प्रकाण्डलाई बाजा गाजा सहित मेहेलमुडीका जनताले भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस