८ फागुन, कालिकोट । शान्नित्रिवेणी गाउँपालिकाको मुम्रामा नेपाली कम्युनिष्ट पार्टीका १८ जना नेता कार्यकर्ता सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा प्रवेश गरेका छन ।
शुक्रवार नेकपा (माओवादी)को चुनावी भेटघाट कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका १८ जना सहित २५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन ।
नेकपा (माओवादी)का अनुसार १८ जना नेपाली कम्युनिष्ट पार्टी र ७ जना नेपाली कांग्रेसका कार्यकर्ता सहित २५ जना प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई नेकपा (माओवादी)का उम्मेदवार तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले फुलमाला र अविर लगाएर स्वागत गर्नु भएको छ ।
नवप्रवेशीहरुले नेपाली कम्युनिष्ट पार्टी भ्रष्ट र दलालहरुको पार्टी भएकाले जनताको पार्टी माओवादी मात्र देखिएको भन्दै माओवादीमा प्रवेश गरेको बताएका छन ।

मुम्रा गुलावमय भएपछि प्रतिपक्षीय पार्टीहरुमा ठूलो भूकम्प गएको छ । नेपाली कम्युनिष्ट पार्टीमा सबै भन्दा ठुलो भूकम्प गएको छ ।
जिल्लाभर गुलाफमय बन्दै गएपछि महेन्द्र शाहीका केही खराव तत्वहरुले प्रकाण्ड विरुद्ध भ्रमपूण प्रचार गरिरहेका छन ।
माओवादी उम्मेदवार प्रकाण्डले जित्ने शुनिश्चित भएपछि जिल्लाभर भ्रम मात्र नभई नयाँ षड्यन्त्रको तानाबाना समेत बुन्न थालेका छन ।
चुनावी कार्यक्रममा बोल्दै माओवादी नेता प्रकाण्डले अब कालिकोटमा राजनीतिक दिशा नयाँ फेरिने दाबी गर्नु भयो ।
उहाँले जनताको पक्षमा उभिने नेतृत्वलाई जिताउन निर्णायक एकतामा जुट्न आह्वान समेत गर्नुभयो ।

नेता प्रकाण्डले जनताको पीडा, अधिकार र परिवर्तनको एजेन्डासँग दृढ रूपमा जोडिएको पार्टी माओवादी भएको दाबी गर्नुभयो । कार्यक्रम सुरु पूर्व मुम्रावासी जनताले नेता प्रकाण्डलाई बाजा बजाएर भव्य स्वागत गरेका थिए ।



