९ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को चुनावी अभियानका क्रममा शनिवार रास्कोट १ को हेप्कोटमा ५ जना नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेकपा (माओवादी)मा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुले प्रचण्डको पार्टी माओवादी छोडेर दलाल र भ्रष्टहरुको पार्टी भएको भन्दै आफ्नै पुरानो घर माओवादीमा फर्किएको बताएका छन ।
माओवादीमा फर्किनेहरुमा काली तिरुवा, कमल तिरुवा, कोषा तिरुवा,रत्ना तिरुवा र दिल तिरुवा रहेका छन । उनीहरुलाई नेकपा माओवादीका प्रवक्ता तथा उम्मेदवार प्रकाण्डले फुलमाला र अविर लगाएर स्वागत गर्दै बधाई दिनु भयो ।
प्रवक्ता प्रकाण्डले सहिद परिवार तथा इमान्दार माओवादी नेता कार्यकतालाई आफ्नै घरमा फर्किन आह्वान समेत गर्नु भयो ।
दिनप्रतिदिन नेपाली कम्युनिष्ट पाटी परित्याग गर्नेको लहर चलेपछि नेपाली कम्युनिष्ट पार्टीमा भूकम्प नै गएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेताहरु चुनाव हार्ने डरले माओवादी पार्टी विरुद्ध विभिन्न षड्यन्त्र गर्न थालेका छन । यसअघि मुम्रा,मेहेलमुडी र सेरिज्यूलामा दर्जनौ नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ता विप्लव नेतृत्वको माओवादीमा प्रवेश गरेका छन ।



