१० फागुन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी) लाई स्वतन्त्र उम्मेदवार मानबहादुर तिरुवाले सहमति दिनु भएको छ ।
आईतवार दुवै उम्मेदवारको तर्फबाट जारी संयुक्त वक्तव्यमा मानवहादुर तिरुवाले आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रकाण्डलाई सहमति दिएको जनाउनु भएको हो ।
जारी वक्तव्यमा देशको वर्तमान अवस्था असाध्यै संक्रमणकालिन र संवेदशील भएको उल्लेख गर्दै राष्ट्रको स्वाधीनता र जनअधिकारको रक्षा वर्तमान राष्ट्रिय राजनीतिको मुख्य मुद्धा बन्न गएको विषयमा दुवै पक्ष सहमत भएको जनाईएको छ ।
वक्तव्यमा भनिएको छ ‘आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार श्री खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड सी) र स्वतन्त्र उम्मेदवार श्री मान बहादुर तिरुवा बीच सहकार्य गर्ने ऐतिहासिक सहमति भई स्वतन्त्र उम्मेदवार श्री मानबहादुर तिरुवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवारलाई समर्थन गरी संयुक्त चुनाबी कार्यक्रम संचालन गर्ने समझदारीमा पुगेका छौ ।’
वक्तव्यमा दुबै उम्मेदवारबीच गरिएको समझदारी कालिकोट जिल्ला र जिल्लावासी आम जनसमुदायको निम्ति ऐतिहासिक कोषेढुङ्गा सावित हुने जनाउदै आगामी फागुन २१ गते हुने निर्वाचनमा कालिकोटका जनताको जीतलाई सुनिश्चित गर्न विशेष योगदान गर्नेछ भन्ने विश्वास पनि लिएका छौ भनिएको छ ।
तीन बुँदे सहमतिमा माओवादी प्रवक्ता प्रकाण्ड र स्वतन्त्र जेनजी उम्मेदवार मानबहादुर तिरुवाले हस्ताक्षर गर्न भएको छ । वक्तव्यको पूर्णपाठ
