१६ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्ग बहादुर विश्वकर्मा(प्रकाण्ड सी)लाई कोटबाडाका जनताले अपार माया गरेका छन ।
शनिवार जनताले कोटबाडाको सोतरगाँउमा दमाह बजाउदै हुड्के नाच नाच्दै अपार माया गरेर स्वागत गरेका छन ।
लामो समयपछि जनताको नेता गाउँमा पुगेकोमा हर्र्षित हुदै कोटवाडावासीहरुले हर्षका आँसु झार्दै फुलमाला र अविर लगाएर भव्य स्वागत गरेका हुन ।

कोटवाडाका चारैतिरका गाउँका स्थानीयहरु हात –हातमा फुलमाला बोकेर भोट केमा गुलाफमा भन्दै चुनावी सभामा सहभागी भएका थिए ।
जनताले श्रमजीवी जनता र गरिवको नेता प्रकाण्ड वाहेक अरु कोही पनि नभएको बताउदै यतिवेला गुलाफ चिन्हमा मतदान गरेर प्रकाण्डलाई जिताउने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा कर्णालीको गहना हुड्के नाँच नाच्दै प्रकाण्डलाई स्वागत गर्दै गुलाफमा भोट दिन आग्रह गरेका छन ।
कर्णालीको उत्पीडित जनताको लागि जनयुद्ध सुरु गर्ने नेता प्रकाण्ड भएको हुड्केहरुले बताउदै उहाँलाई सबै जनताले जिताउनु पर्ने कला मार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले कोटवाडावासीहरुले जनयुद्धमा ठुलो योगदान गरेको चर्चा गर्दै जनताले सहि नेता छान्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले दलाल र भ्रष्टहरुलाई जिताउन नहुने बताउदै श्रमजीवी वर्गको नेता जिताउन पनि अपिल गर्नु भएको छ ।


