इरानमाथि अमेरिकी आक्रमणबारे विप्लवले भने ‘यो ठाडै साम्राज्यवादी हस्तक्षेप हो’

१७ फागुन, काठमाडौ । नेकपा (माओवादी)का महासचिव विप्लव सीले इरानमाथि अमेरिका र इजरायले गरेको आक्रमणको विरोध गर्दै सामाज्यवादी हस्तक्षेप भएको बताउनु भएको छ ।
महासचिव विप्लवले आईतवार सामाजिक सञ्जाल फेसबकमा एक स्टाटस लेख्दै ‘यो साम्राज्यवादी हस्तक्षेप हो, यसको सबैले निन्दा गर्नुपर्छ’ भन्नु भएको छ ।
महासचिव विप्लवले अमेरिका र इजरायलले सम्पूर्ण अन्तर्राष्ट्रिय कानून र मूल्यमान्यताको धज्जी उडाउँदै इरानमाथि हमला गरेको टिप्पणी गर्नु भएको छ ।
उहाँले साम्राज्यवादी हस्तक्षेपले विश्वलाई जहिले पनि विध्वंस बाहेक केही नदिएको बताउनु भएको छ । महासचिव विप्लवले अन्तर्राष्ट्रिय मानव जगतले समयमै दबाब सिर्जना गरेर अमेरिका र इजरायललाई शान्तिको मार्गमा फर्काउनु पर्ने समेत बताउनु भएको छ ।
अमेरिका र इजरायलको आक्रमणमा इरानमा विद्यार्थी सहित ५३ बढीको मृत्यु भएको छ । यसले तेस्रो विश्वयुद्ध हुने संकेत गरेको छ । अमेरिकी र इजरायली आक्रमणको चौतर्फि विरोध भएको छ ।

विप्लवको स्टाट्स यस्तो छः

प्रतिक्रिया दिनुहोस