सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा

१७ फागुन, तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ । टेलिभिजनमा समाचार वाचन गरिरहेका वाचकले रुँदै खामेनी अब यस संसारमा नरहेको जानकारी देशवासीलाई दिएका हुन् ।
खामेनीको निधनको औपचारिक जानकारीसँगै इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
यस शोक अवधिको अवधिमा इरानमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ भने देशभर विभिन्न शोक कार्यक्रमहरू आयोजना गरिनेछन् ।
८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा थिए । उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन् । उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएका हुन् ।

प्रतिक्रिया दिनुहोस